OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १६, २०८०सुर्खेत
४३० पटक

 

१६ साउन २०८०, मंंगलबार

कर्णालीका विभिन्न बजारहरुमा जुम्लाको नाम दिएर काँचो स्याउ बिक्री हुन थालेको कुराले प्रदेश सरकारको ध्यानाकर्षण भएको छ ।

‘जुम्लाको काँचो स्याउ बजारमा’ भन्ने सवाललाई लिएर कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीको ब्राण्डका रुपमा चिनिएको स्याउ काँचो अवस्थामा आउनुले राम्रो सन्देश नदिएको बताउनुभयो । काचो स्याउ बजार आउने कुरामा रोक लगाउन उहाँले कर्णाली प्रदेशसभाको आज बसेको २८औं बैठकबाटै जुम्ला कृषि विकास कार्यालय जिल्ला प्रशासन कार्यालय र त्यहाँस्थित सबै स्थानीय पालिकालाई अनुरोध गर्नुभएको हो ।

“जिल्लास्थित सम्वद्ध निकायहरुको आपसी समन्वयमा जुम्लाबाट बाहिरिँदै गरेको काँचो स्याउ बिक्री वितरणमा रोक लगाउन सकिन्छ,” उहाँले भन्नुभयो, “बिगतका वर्षहरुमा स्याउ रातो भइसकेपछि बजारमा अपेक्षित मूल्यमा नजाँदा केही स्याउ कुहिएर किसान मर्कामा परेको भन्ने कुरालाई पनि ध्यानमा राखेर त्यसको व्यवस्थापन गर्नेतर्फ सोच्न सुझाव दिन्छु ।”

उहाँले किसानहरुलाई पछिसम्म पनि स्याउ बिक्रीवितरण गर्ने व्यवस्था मिलाउनका लागि गुर्भाकोट तथा भेरीगंगा नगरपालिकाको छिन्चुमा रहेको चिस्यान केन्द्रमा आवश्यक पहल तथा समन्वय गरिने बताउनुभयो । मानव, पशु र बोटबिरुवाको जीवनसँग जोडिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानहरुको उत्पादनलाई बजारीकरणसम्म सहयोग पुर्याउन लागि पर्ने उहाँको भनाई थियो ।

जुम्लाको स्याउ भनिएपनि कालीकोटको माथिल्लो भेकबाट सुर्खेत, नेपालगञ्जसम्म काँचो स्याउन पुगेको जानकारी पाईएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । रातो हुन नपाउँदै सुर्खेतलगायत यहाँका विभिन्न सहर तथा बजारमा पुगेको स्याउलाई जुम्ली नाम दिएर व्यापारीहरुले अहिले प्रति केजी रु.एक सय ५० मा बिक्री गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्