OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,आषाढ ९, २०८०जुम्ला,
२७६ पटक

असार ९ गते , बहुबर्षिय आपतकालिन भकारी कार्यक्रम फेजआउट भएको छ । जुम्लाको तिला र तातोपानी गाउँपालिकामा ३ बर्षको काम गरेर कार्यक्रमको अवधि सकिएकोे जानकारी गरिएको छ ।
जिल्ला स्तरमा सरोकारवाला निकायहरुको उपस्थितिमा भकारी परियोजनामा भएका कामबाट भएको सिकाई तथा प्रगतिको जानकारी समेत गरिएको छ ।

भकारी कार्यक्रम यूएआईडिको आर्थिक सहयोग तथा मर्सिकोरको नेतृत्व र कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्रको सहजीकरणमा सन २०२० अक्टुवर देखी २०२३ सेप्टेम्बर सम्म जुम्लाको तिला र तातोपानीमा संचालन भएको थियो ।
विपत जोखिम न्यूनिकरण अधिकृत पविना खड्काका अनुसार भकारी कार्यक्रम तिला गाउँपालिकाको ५ नम्बर वडा वाहेक सवै वडा र तातोपानीको ४,७ र ८ वडामा लागु भई काम गरिएको थियो । खड्काले विपत व्यवस्थापन, कृषिक्षेत्र सहित विभिन्न बिषयमा काम भएको छ । उहाँले स्थानीय तहमा समेत ग्यालरी प्रस्तुत गरिएको जानकारी गर्नुभयो ।

कार्यक्रमका तिला क्लष्टर प्रमुख महेश विक्रम शाहीले कार्यक्रमको प्रगति विषयमा बृस्तृत जानकारी गर्नु भएको छ । उहाँले ३ बर्षमा ३४ वटा कृषि समुह, १७ वटा जलउपभोक्ता समूह, सामुदायिक विपत व्यवस्थापन समिति गठन गरेर काम भएको जानकारी दिनुभयो । कार्यक्रम अन्तरगत ६८१ सिमान्तकृत, ज्येष्ठ नागरिक, वालवालिका, एकल महिलालाई १० हजार ३५० का दरले भ्यालु भौचर सहयोग, प्रकोपबाट प्रभावित .२२९ जनालाई प्रति व्यक्ति १५ हजार नगद सहयोग, ५४७ घरधुरीका बिपतमा रोजगारी गुमाएका परिवारका लागि १८ देखी २१ दिन काम दिईएको लगायतका काम भएका थिए । कार्यक्रममा विपतका सामग्री वितरण, प्रदर्शनी, सचेतना सहितका कार्यक्रमहरु पनि गरिएका थिए । परियोजनाले कृषि क्षेत्रमा सिचाई लगायतका विभिन्न क्षेत्रमा समेत काम गरेको थियो । परियोजनाले समावेशीक्षेत्रमा समेत काम गरेको बताईएको छ ।

परियोजनाले गरेका काम र सिकाई प्रस्तुत पछि सरोकारवाला निकायले सुझाव दिईएका छन् । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले भकारीले गरेका राम्रा काम भएपनि जिल्ला स्तरमा समन्वय कम भएको बताउनुभयो । उहाँले कार्यक्रम जिल्लाका २ वडामा मात्रै नभई जिल्लाभरी लागु गर्न आवश्यक रहेको छ । उहाँले गैरसरकारी क्षेत्रले हार्डवयेरको काममा समेत जोड दिनुपर्ने बताउनुभयो । उहाँले जिल्लाको अनुगमन तथा भिजिटले कार्यक्रमको प्रवर्धन समेत हुने भएकाले अतिआवश्यक भएकोमा जोड दिनुभयो ।

चन्दननाथ नगरपालिका जुम्लाका लक्ष्मी न्यौपानेले राम्रा कामहरुको गरिएकोमा धन्यवाद दिदै यसमा स्थानीय सरकारको उपस्थिति आवश्यक रहेको सुझाव दिनुभयो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले सामाजिक क्षेत्रमा काम गर्ने अगुवाले विद्यामान सामाजिक सवालमा साथ दिनुपर्नेमा सुझाव दिनुभयो ।

सहभागीले गरेका प्रश्नको जिज्ञासा परियोजनाका सल्लाहकार टिकाराम खड्काले गर्नु भएको थियो । समिक्षामा ३ बर्षको अवधिमा भएका काम, फोटो, सफलताको कथा समेत प्रदर्शनी गरिएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्