OnlinePana

आज : २०८१ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,जेठ १३, २०८०काठमाडौं
४१४ पटक

बरिष्ठ पत्रकार मनऋषि धिताल र राजकुमार कुँवरबाट सम्पादित पुस्तक गुफा प्रेसका चिठी विमोचन गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस सेन्टर नेपालको १९ औ साधारणसभा तथा कृष्णसेन ईच्छुक स्मृति दिवशको अवसरमा पुस्तकको विमोचन गर्नु भएको छ । जनादेश पत्रिकाबाट प्रकाशित उक्त पुस्तकमा धिताल र कुँवरद्धारा यूद्धकालिन अवस्थामा पत्रचार मार्फत सुचना आदान प्रदान गरिएका दस्तावेज सहितका १३० वटा हस्तलिखित पत्र संकलन गरिएको पुस्तक विमोचन गरिएको हो ।

पुस्तकमा यूद्धकालिन समयमा भूमिगत रहदा पत्रकार, नेता कार्यकर्ताले सूचना आदान प्रदान गर्न लेखिएका पत्रको संगालो र ति पत्रलाई अहिलेको कम्प्युटर प्रविधिमा लेखन कार्य गरेर पुस्तक तयार पारिएको छ ।

प्रेस सेन्टरका संस्थापक तथा जनादेश साप्ताहिक पत्रिकाका सम्पादक रहेका मनऋषि धितालले यूद्धमा लुकेर गरिएको हस्तलिखित पत्रचारको संकलनको दस्तावेज तयार पारिएको बताउनुभयो । माओवादीले शुरुवात गरेको जनयूद्धमा युद्ध पत्रकारिता मार्फत सक्रिय नेतृत्व गरेका पत्रकार मनऋषि धितालले विभिन्न पुस्तक लेख्नु भएको छ ।

को हुन धिताल ?

काठमाण्डौले सजिलै चिन्ने कर्णालीका औलामा गनिने पत्रकार छैनन, जसमध्य जुम्ला सिञ्जा गाउँपालिका ३ निवासी अग्रज पत्रकार मनऋषि धिताल हुनुहुन्छ । वि.सं २०५२ को जनयूद्धको मोर्चामा लागेर २०५३ देखि जनआह्वान, जनादेश, दिशाबोध लगाएत माओबादी क्रान्तिकारी जनपक्षिय पत्रकारितामा संलग्न हुनु भएको थियो । वि.सं २०५४ देखि जनआह्वान साप्ताहिकको सम्पादकीय टीममा बसेर सेवा, २०५५ देखि युद्द क्षेत्रमा गएर पत्रकारिता गर्दै २०५५ काभ्रे , २०५६ बर्दिया , २०५७ रुकुम र २०५८ मा सिन्धुली गएर क्रान्तिकारी योद्दाहरुसंग युद्दमोर्चामै रहेर पत्रकारितामा गर्नु भएको थियो ।

धितालले वि.सं २०५८ मंशिरमा पत्रकारिता गर्दा गर्दै गिरफ्तार भएर १ बर्ष केन्द्रिय कारागारमा बन्दि जीवन बिताएर २०५९ कार्तिकमा बार्ताको बाताबरण बनाउन तत्कालीन लोकेन्द्र बहादुर चन्द्ध सरकार निःसर्त द्वारा रिहा भएपछि सरकार–माओबादी बार्ताको बाताबरण बनाउन पार्टी निर्देशानानुशार तत्कालीन राजाका संचार मन्त्री रमेशनाथ पाण्डेसंग पत्रकार टीम सदस्यका रुपमा काम गर्नुका साथै त्यो समयमा वार्ता भंग भएपछी २०६० मा पूर्ण रुपमा युद्द क्षेत्रको पत्रकारितामा, बिषेशत पश्चिम कमाण्डका कैलाली , अछाम , सुर्खेत ,कालिकोट, दैलेख, जाजरकोट , रुकुम, जुम्ला , मुगु , हुम्ला, कास्की, पाल्पामा युद्दपत्रकारिताको तालिम, युद्द क्षेत्रमा छापाखाना स्थापना गरेर जनादेश, जनप्रहार प्रकाशन, रेडियो पत्रकारिता तालिममा सहभागी हुनुभयो ।

धितालले सर्लाहीको पथ्थार्कोट, म्याग्दीको बेनी, पाल्पाको तानसेन, कालिकोटको पिली, नवलपरासिको सुनवल लगाएतका युद्दमा प्रत्यक्ष सहभागी भएर जनमुक्ति सेना हेडक्वार्टरमा रही युद्द पत्रकारका रुपमा योगदान, युद्द भित्रै पाल्पा, प्युठान र दाङ्गमा २०६२÷२०६३ को जनआन्दोलनका क्रममा भूमिगत क्रान्तिकारी टेलिभिजन संचालनको अभ्यास गरेर योगदान गर्दै क्रान्तिकारी पत्रकार संघको सस्थापक सदस्य तथा हाल सल्लाहकार समेत हुनुहुन्छ ।

चर्चित किताव “प्रचण्डका अन्तर्वार्ताहरु“, “बाबुराम भट्टराइका अन्तर्वार्ता र लेखहरुको संकलन“ पुस्तक सम्पादन तथा “युद्द र पत्रकारिता“, तथा अंग्रेजीमा “नेपाली जनयुद्दाका आखिरी दिनहरु“ “संकटकालमा नेपाली पत्रकारिता“ नेपाली र अंग्रेजी पुस्तक, “कर्णाली“ मासिक सम्पादन पत्रकार धितालले गर्नु भएको छ ।

माओबादी क्रान्तिकारी पत्रिका जनादेशको २०६९ देखि २०७३ सम्म माओबादी मुखपत्रमा काम गर्दै काम गर्दै प्रेस काउन्सिल नेपालको कर्णालीबाट पहिलो बोर्ड सदस्यका रुपमा रहदै नेपालको पत्रकारिता र बिषेशत कर्णालीको पत्रकारितालाई योगदान पुरयाउनु भएको छ । उहाँले २०७३ देखि बिभिन्न मोर्चाहरु तथा प्रबास समितिमा रहेर बिदेशी भाइचाराहरु र प्रबाशी नेपालीहरुलाइ बिश्वब्यापी संगठित गर्न योगदान पुरयाउदै पार्टी निर्देशन अनुशार नेपाल फर्केर आठौ महादिवेशन प्रतिनिधिका रुपमा सहभागी हुदै लगतै अर्थ मन्त्रालयको जनसम्पर्क तथा प्रेस सल्लाहकारका रुपमा नेपाल सरकार, पार्टी तथा पत्रकारिताको सेवा गर्दै आउनु भएको छ ।

 

प्रतिकृया दिनुहोस्