OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ ४, २०७९
५७९ पटक

४ माघ २०७९, बुधबार

बिलिभर्स इष्टर्न चर्च समुदाय नेपालले वीरेन्द्रनगर सुर्खेतका विपन्न नागरिकहरुलाई न्यानो कम्बल वितरण गरेको छ ।

उक्त चर्च समुदायले चिसोका कारण कष्टकर जीवन जिउन बाध्य वीरेन्द्रनगर नगरपालिका ३ र ५ वडामा बस्दै आएका नागरिकलाई न्यानो कम्बल वितरण गरेको बिलिभर्स इष्टर्न चर्च सुर्खेतका अगुवा (गुरुबा) पूर्ण वर्देवाले जानकारी दिनुभयो । उहाँका अनुसार वीरेन्द्रनगर नगरपालिका ३ का ३२ र वडा नं.५ का ३४ परिवारलाई कम्बल वितरण गरिएको हो ।

“कोहलपुर डायोसिस सेक्रेटरी ईश्वर लामाको सहभागितामा मंगलबार हामीले नगरपालिकाको ५ नम्बर वडामा बस्ने अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, टुहुरा बालबालिका, एकल महिला र अशक्तहरुलाई कम्बल वितरण गरेका थियौं,” अगुवा वर्देवाले भन्नुभयो, “आज पास्टर गोमानसिंह बस्यालको सहभागितामा वडा नं.३ का विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरेका छौं ।”

हरेक अप्ठ्यारोमा परेका व्यक्तिहरुको खाँचोमा मानवीयता झल्किनु पर्छ र इश्वरीय प्रेम प्रकट हुन आवश्यक छ भन्ने सन्देश जाओस् भन्ने उद्देश्यले विपन्नहरुको समस्याको सारथी बनेको उहाँले बताउनुभयो । चिसोमा न्यानो कम्बल पाएपछि वीरेन्द्रनगर ३ सुर्खेत निवासी अपाङ्गता भएका व्यक्ति दिपक विश्वकर्माले सहयोगी संस्था र त्यसको पहल एवं सहजकर्तालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

बिलिभर्स ईष्टर्न चर्च समुदाय नेपालले गत वर्ष राउटे बस्तीमा गएर चिसोमा सहयोग पुगोस् भन्ने हेतुलो १४६ घर परिवारलाई न्यानो कम्बल र सुर्खेतको भेरी नदीसँग जोडिएको चुप्रा खोलामा बस्दै आएका वादी समुदायलाई खाद्यान्न वितरण गरेको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस्