OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १६, २०७९सुर्खेत
३३७ पटक

१६ मंसिर २०७९, शुक्रबार

मानव अधिकारका लागि एकल महिला समुह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्यामा संलग्नलाई कारवाहीको माग गरेको छ ।

एकल महिला समुहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका ११ मा बस्दै आएकी उषा राई हत्यामा संलग्नलाई कानून बमोजिम कारवाहीका लागि आज जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत प्रधानमन्त्रीलाई मागपत्र बुझाएको छ । सिलाई कटाईबाट जीविकोपार्जन गर्दै आएका राई जागरण आमा समुहको निर्घात कुटपिटबाट मृत्यु भएकोले उक्त घटनाका दोषीलाई कारवाही माग गरिएको समुहका अध्यक्ष ममता नगालले बताउनुभयो ।

“राईमाथि दानवीय प्रवृति देखाइएर गरिएको कुकृत्यप्रति घोर भत्र्सना व्यक्त गर्दछौं,” अध्यक्ष नगालले भन्नुभयो, “यो घटनाबाट मानिसको स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकार पूर्णतः हनन् भएको छ ।” विशेषगरी समाजमा अपहेलित भएर बस्नुपरेका एकल महिलाहरुको जीउ ज्यानको सुरक्षा र सम्मान जीवनको सुनिश्चितता राज्यले गर्नुपर्नेमा उहाँले जोडदिनुभयो ।

यही मंसिर ३ गते राईमाथि कुटपिट हुँदा उपचारको क्रममा १४ गते मृत्यु भएको थियो । उक्त घटनाका दोषीलाई कारवाही गर्न र पीडित परिवारलाई न्याय दिलाउने पक्षमा उभिन मानव अधिकारकर्मी, पत्रकार, सञ्चारकर्मी तथा सम्पूर्ण न्यायका पक्षधरलाई समुहले अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस्