OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ९, २०७९सुर्खेत
३७३ पटक

९ साउन २०७९, सोमबार

नेपाल टेलिकमका सुर्खेतका प्रमुख शिवराज खनाल र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंह बीचमा छलफल भएको छ ।

कर्णाली प्रदेशका १० जिल्लामा रहेका टेलिफोन टावरमा विद्युतीकरण गर्नका लागि छलफल भएको थियो । छलफलमा मन्त्री सिंहले टावरमा विद्युतीकरणका लागि आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । अधुरा रहेका टावरहरु छिटो निर्माण गरी जनतालाइ सूचना र सञ्चारको पहुच विस्तार गर्न मन्त्री सिंहले आग्रह गर्नुभयो ।

आज मन्त्रालयमा भएको भेटघाटको क्रममा गफ भन्दा पनि काम गरेर देखाउनुपर्नेमा मन्त्री सिंहले सुझाउनुभयो । जाजरकोटमा टावरको संख्या थप्नका लागि समेत उहाँले आग्रह गर्नुभयो ।

विद्युतीकरण नहुँदा पावरको अभावमा टावरहरुले कुनै समय काम नगरेको भन्दै खनालले मन्त्री सिंहलाइ टावर रहेका ठाउँमा विद्युतीकरणको लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्