OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ५, २०७९सुर्खेत
६०६ पटक

५ साउन २०७९, बिहीबार

पश्चिम सुर्खेतको बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिका जोड्ने बड्डीचौर–खम्बागाडे सडकको शिलन्यास गरिएको छ । ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय सुर्खेतअन्तरगत बड्डीचौर–विभ्रेनी–बाबियाचौर विद्यापुर सडकखण्डमा बन्ने उक्त सडकको शिलन्यास कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले आज गर्नुभएको हो । उक्त सडकको शिलन्यास गर्दै सामाजिक विकासमन्त्री बुढाक्षेत्रीले सडक निर्माण, कालोपत्रसहित जिम्मा लिएको अनक–जयदेवी जेभी बाँकेलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।

उक्त सडक निर्माणले सुर्खेतको कर्णाली उपनामले चिनिएको पश्चिम क्षेत्रका नागरिकलाई राजधानी वीरेन्द्रनगरसँग जोड सहज हुने उहाँले बताउनुभयो । उक्त जेभीका प्रोपाइटर दिकपाल शाहीले प्रदेश सरकारको रु.४२ करोड ४० लाख लगानीमा सडक निर्माण गरिने बताउनुभयो । गएको यही असार १४ गते सडक निर्माणको सम्झौता गरेर विसं.२०८१ असार २४ गते सम्पन्न गर्ने लक्ष्य लिएर काम शुरु गरिएको उहाँले बताउनुभयो ।

“हामी अब एक÷दुई दिनमै निर्माण सर्भे गर्छौ । तत्पश्चात सडक खन्ने काम सुरु हुन्छ,” प्रोपाइटर शाहीले भन्नुभयो, “यो दुई वर्षभित्रै १२ मिटर फराकिलाे सडक खन्ने, ग्राभेल गर्ने र सात मिटर चाैडाइकाे कालोपत्र गर्ने काम हुन्छ ।” सडक निर्माण कार्यमा स्थानीय तह, प्रदेश सरकार, नागरिक समाज र पत्रकारहरुको साथ सहयोग पाए तोकिएको मिति भन्दा अगावै काम सम्पन्न हुने उहाँको भनाई छ ।

उक्त शिलन्यासमा नेपाली कांग्रेस सुर्खेतका उपसभापति टोपबहादुर रावत, क्षेत्रीय सभापति इन्द्र रावल, गाउँपालिका अध्यक्ष भिम भण्डारी, उपाध्यक्ष लक्ष्मी पुन, विभिन्न वडाका वडाअध्यक्ष, पूर्व गाउँपालिका अध्यक्ष तेज बहादुर बस्नेत, उपाध्यक्ष शोभा शर्मालगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्