OnlinePana

आज : २०८१ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २, २०७९सुर्खेत
२९८ पटक

२ साउन २०७९, सोमबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषधसहित एक व्यक्तिलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ९ सुर्खेतस्थित लाटीकोइलीमा भाडामा बस्दै आएका कालिकोटको महावै गाउँपालिकाका २४ वर्षीय दीपेन्द्र सिंह रहेका छन् । वीरेन्द्रनगर नगरपालिका १० सुर्खेत नयाँगाउँ टोलमा शंकास्पद अवस्थामा बसिरहेको अवस्थामा आज बिहान उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्की जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार शंकास्पद अवस्थमा बसेका उनलाई सोधपुछ गरी खानतलासी गर्दा ५२० मिलिग्राम लागु औषध फेला पारेको थियो । लागु औषधसहित सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्