OnlinePana

आज : २०८२ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र २८, २०७८
८५६ पटक

२८ चैत २०७८, सोमबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज दिउसो वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्य चौकीको भवनको पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल चेक प्वाइन्टबाट प्रहरी टोलीले सालको काठ बरामद गरेको हो । काठ बरामद गर्नुका साथै चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक घर्तीले पञ्चपुरी नगरपालिका ८ सुर्खेत निवासी २० वर्षीय चालक तोरण बिक. २१ वर्षीय प्रेम बिक., भेरीगंगा नगरपालिका ९ सुर्खेत निवासी ३९ वर्षीय रामजी गुप्ता र सोही नगरपालिाका ६ वडा निवासी ३५ वर्षीय कुलविर बिक.रहेको बताउनुभयो । उहाँका अनुसार गुप्ताले व्यक्तिगत प्रयोजनका लागि भे.१.ख.१२४२ न.को मिनि ट्रकमा सालकोटदेखि सल्यानको सल्लीबजारतर्फ अवैधरुपमा काठ लैजाँदै थिए ।

बरामद भएको काठमा एक ढोका, पाँच साना, १५ ठूला झ्याल, अन्य फुटकर ४० पिस काठको टुक्राहरु रहेको जनाइएको छ । प्रहरीका अनुसार आइतबार जिल्ला अदालत सुर्खेतबाट छ महिना कैद सजाय तोकिएका वीरेन्द्रनगर नगरपालिका ९ सुर्खेतका फरार १६ वर्षीय कल्पना सोनीलाई सोही पालिकाको बसपार्कबाट पक्राउ गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्