OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २, २०७७
१०४२ पटक

कोरोना भाइरसको लडाइमा बलिउडका कलाकारले नागरिक र सरकारलाई आफूले सक्दो सहयोग गरिरहेका छन् । यसमा, सबैभन्दा अगाडि नायक शाहरुख खान छन् । जसले, भारतका नागरिकदेखि सरकारलाई विभिन्न सहयोग गरिरहेका छन् । यसैबीच, नायक शाहरुख खानले महाराष्ट्र सरकारलाई २५ हजार पीपीई किट्स उपलब्ध गराएका छन् । शाहरुखले महाराष्ट्रका विभिन्न अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षाका लागि २५ हजार पीपीई उपलब्ध गराएका हुन् । शाहरुखको सहयोगका लागि महाराष्ट्र सरकारका लोक स्वास्थ्य तथा परिवार कल्याण मन्त्री राजेश टोपेले उनलाई धन्यवाद दिएका छन् ।

भारतमा स्वास्थ्यकर्मीका लागि पीपीईको अभाव भइरहेको खबर सार्वजनिक भइरहेका छन् । शाहरुखले कोरोना भाइरसँग लड्नका लागि यसअघि पनि विभिन्न शिर्षकमा सहयोग गरिसकेका छन् ।

अनलाइनखबर

प्रतिकृया दिनुहोस्