OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १२, २०७८सुर्खेत
५७८ पटक

१२ चैत २०७८ शनिबार

आसन्न वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतमा म्यादी प्रहरीमा आवेदन दिनेको संख्या पाँच हजार पुगेको छ ।

यही चैत ६ गतेदेखि ११ गतेसम्मको अवधिमा सुर्खेतमा मात्र पाँच हजार १७२ जनाले म्यादी प्रहरीमा आवेदन दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नयाब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक घर्तीका अनुसार सुर्खेत जिल्लाको स्थानीय तहको निर्वाचनको लागि एक हजार २६१ जना म्यादी प्रहरी छनोट गरिनेछ ।

म्यादी प्रहरीमा भर्ना हुनेको उमेर १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड उल्लेख गरिएको जनाउँदै उहाँले विशेषगरी नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा काम गरी पेन्सन वा उपदान प्राप्त गरेका पूर्व सुरक्षाकर्मीलाई पहिलो प्राथमिकता दिइने र छनोट कार्य यही १५ गतेबाट शुरु हुने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार स्थानीय तहको निर्वाचनका लागि सुर्खेतका नौ स्थानीय तहमा १३८ मतदानस्थल र २९२ मतदान केन्द्र कायम गरिएको छ । म्यादी प्रहरीको तलब रु.३० हजार २४०, खाद्यान्नवापत् सात हजार २००, पोशाक भत्ता र अन्य खर्च गरी रु.छ हजार र यातायात खर्चवापत् रु.एक हजार तोकिएको छ । उनीहरुका बीमा भने रु.२५ लाख हुने जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस्