OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ११, २०७८सुर्खेत
६१८ पटक

११ चैत २०७८, शुक्रबार

कालीकोटबाट काठमाडौंका लागि छुटेको छुटेको ना.८.ख २३५६ नम्बरको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्णरुपले नष्ट भएको छ । बस आज बिहान ७ः३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो ।

कालीकोटदेखि सुर्खेत–नेपालगञ्ज हुँदै काठमाडौंका लागि जाँदै गरेका बस गुडिरहेको अवस्थमा बराहताल गाउँपालिका ८ सुर्खेत ओदाल तालस्थित दिउसा ३ः४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । तार सट भएर आगलागी हुँदा बस पूर्णरुपले नष्ट भएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो ।

“जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोली बस जलेको सूचना पाउने बित्तिकै वीरेन्द्रनगर नगरपालिकाको दमकल लिएर त्यहाँ पुगेको थियो,” उहाँले भन्नुभयो, “दमकलले आगो निभाएपनि बस पूर्णरुपले जलेको छ ।” आगलागी भएलगत्तै बसमा सवार यात्रु झरेपछि मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो ।

बस चालक सुरेन्द्र थापाले ओदालतालस्थित सडकको उकालो सकिने अन्तिम मोडमा बस चल्दा–चल्दै केही पड्किएको जस्तो आवाज आएको बताउनुभयो । “घुम्तीमा बस मोड्ने क्रममा केही पड्किएको आवाज आयो । हत्तपत्त ह्याण्ड ब्रेक लगाएँ र झरेर हेर्दा गेयरबक्स र इन्जिनको बीचमा सानो आगो बलेको थियो,” चालक थापाले भन्नुभयो, “यात्रुहरू सबै झर्नुभयो । सेक्टा भाँचेर आगो निभाउन खोज्दै थियौँ तर आगोले एकैचोटी माथि भेट्यो ।”

त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार वीरेन्द्रनगर नगरपालिका ९ सुर्खेत लाटीकोइलीबाट ८० मिलिग्राम धुलो ब्राउन सुगरसहित जुनीचाँदे गाउँपालिका १९ जाजरकोटका १९ वर्षीय खेमराज शाहीलाई पक्राउ गरी अनुसन्धान थालेको बताएको छ ।

 

प्रतिकृया दिनुहोस्