OnlinePana

आज : २०८३ जेठ १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ३, २०७८सुर्खेत
७८२ पटक

३ चैत २०७८, बिहीबार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले होली नेपालका विभिन्न संस्कृतिहरु भित्रको इन्द्रेणी भएको बताउनुभएको छ ।

फागु पूर्णिमा (होली) पर्वको अवसरमा कर्णालीवासीसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले मौलिक पहिचान बोकेको होली पर्वले लोक संस्कृतिको प्रवद्र्धन गर्दै आएको बताउनुभयो । विविधतापूर्ण संस्कृतिले भरिपूर्ण होली प्राचीन कालदेखि मनाउँदै आएको र यसले मानव समुदायमा खुशी, उमंग र उल्लास थप्ने उहाँले बताउनुभएको छ ।

मुख्यमन्त्री शाहीद्वारा जारी सन्देशमा भनिएको छः “होली खराब प्रवृतिमाथिको विजय हो । असत्यमाथि सत्यको विजय अवश्यम्भावी छ भन्ने बलियो सन्देश हो । खुशी र उल्लासपूर्ण वातावरणमा मनाइने यस पर्वले समस्त नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास लिएको छु ।”

अन्तमा, मुख्यमन्त्री शाहीले होलीले हाम्रो समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति, कूरिती एवं कूपरम्पराहरुलाई निर्मूल पार्दै मौलिक संस्कृतिहरुको सभ्य, सुसंस्कृत र न्यायपूर्ण समाजको निर्माण र सम्वद्र्धन गर्न सदैव उत्प्रेरित गरिरहोस् भन्ने कामना गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्