OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १, २०७७
११०४ पटक

नेत्र शाही जुम्ला, खलङ्गा चैत २१ गते । कोरोना रोगथामका लागि प्रयोग गरिने ईन्फ्रेड थर्मोमिटर जुम्लामा समयमा नपुग्दा स्वास्थ्यकर्मीहरु चिन्तित भएका छन् । ईन्फ्रेड थर्मोमिटर नहुदा स्वास्थ्यकर्मीहरु क्वारेन्टाईनमा वाहिरबाट आएका व्यक्तिहरुको तापक्रम सामान्य थर्मोमिटरमा नापेको जनाएका छन् । जोखिम तरिकाले साधारण थर्मोमिटरले ज्वरो नाप्न वाध्य भएपछि गुनासो गर्दै आएका हुन् । सवैभन्दा रिक्स कम गर्ने सो मेसिन कुर्दा कुर्दा लकडाउनको लामो समस्य सम्म पनि थर्मोमिटर नहुदा डर लागिरहेको स्वास्थ्यकर्मीहरुले जनाएका छन् । यहाँको पातारासी गाउँपालिका स्वास्थ्य संयोजक रतनबहाुर रावतले ३८ जना भारतबाट आएका र दुईसय बढि नेपालकै विभिन्न शहरबाट आएका मानिसहरुको स्वास्थ्य जाँच गर्यौ । तर ईन्फ्रेड थर्मोमिटर नहुदा डर लागिरहेको छ ।

सरकारले सवै सुविधा दियो तर सो थर्मामिटर र पिपिई नहुदा समस्या भएको छ । पिपिई आईसुलेसनमा बढि आवश्यक भएपनि हेल्थ डेक्समा समेत आवश्यक हुने उहाँ बताउनु हुन्छ । गाउँपालिका अध्यक्ष लक्षिमन बोहराका अनुसार यहाँको पातारासी गाउँपालिकाले आफ्नै लगानीमा अव पिपिई झिकाई रहेको छ । उहाँले थर्मोस्क्यान नहुदा सामान्य थर्मोमिटरले जाँच गर्ने र स्प्रिट, सेनिटाईजरको प्रयोग गरेर फेरी प्रयोग गर्ने गरेपनि आफ्ना कर्मचारी रिक्समा रहेको बताउनुभयो ।

यसैगरी स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले धेरै प्रयास गरेपनि ईन्फ्रेड थर्मोटिर नपाईएको जानकारी लिनुभयो । उहाँका अनुसार जिल्लामा जम्मा दुईवटा आएकोमा एक नाग्मा हेल्थ डेक्स र अर्को गुठिचौर हेल्थ डेक्सलाई उपलब्ध गराएको र अन्यमा नपाउदा समस्या भएको छ । चीनबाट आएको सामाग्रीमा आशा गरेका थियौ तर जुम्लामा नआई पुगेको उहाँले गुनासो गर्नुभयो । स्वास्थ्य प्रमुख सापकोटाका अनुसार जिल्लाका ३० वटै स्वास्थ्य सस्थामा एक एक वटा प्रदान गर्न सकिएको भए हामी सुरक्षित हुने बताउनुभयो । यसैगरी जिल्लाको अन्य स्थानीय तहहरुले पनि खरिद गर्न खोज्दा नपाईएको जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले थर्मोमिटरनै अभाव हुनु दुर्भाग्य भएको भन्दै पहल गरिने बताउनुभयो । स्वास्थ्यकर्मीलाई नत पिपिई छ नत राम्रो थर्मोमिटर सवै मिलेर झिकाउनु पर्ने उहाँले थप्नुभयो । यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने केही पिपिई ल्याईएको हुदा सजिलो भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई सजिलो भएको रजिष्ट्रार विश्वराज काफ्लेले बताउनुभयो । तर प्रतिष्ठानमा पनि थर्मोस्क्यान आईपुगेका छैनन् ।

प्रतिकृया दिनुहोस्