OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी बैशाख १, २०७७जुम्ला,
५११ पटक

नेत्र शाही जुम्ला, नेपाल सरकारले जुम्लामा भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिहरुको घुम्ति शिविर मार्फत एकै पटक ठूलो मात्रामा स्वाब संकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा कोभिड १९ क्राईसि व्यवस्थापन टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले जुम्लाका आठैवटा स्थानीय तहका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाण्डौ लिएको हो ।

नेपाली सेनाको जहाँज स्काभेनमा नेपाल सरकारको कोभिड १९ क्राईसिस व्यवस्थापन केन्द्रीय ओपिपिएस मेडिकल टोली कोठमाण्डौबाट जुम्ला आई स्वाब संकलन गरेको हो । स्वाब संकलनमा भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य जनशक्तिले पनि सहयोग गरेको छ । केन्द्रबाट आएको नेपाल प्रहरीको मेडिकल टोली र प्रतिष्ठानका मेडिकल टोलीले तीन स्थानमा तीन सय २४ जनाको स्वाब संकलन गरेको छ ।

टोलीले हेलिकोप्टरबाट पहिले जुम्ला बिमानस्थलमा चन्दननाथ नगरपालिका, तातोपानी, तिला, गुठिचौर र पातारासी गाउँपालिकाका एकसय ५० जनाको स्वाब संकलन गरेका छ । यसैगरी जिल्लाको कनकासुन्दरी गाउँपालिकाको लासी पाटनमा ५० जना र हिमा गाउँपालिकाको देवारगाउँ टापुमा एकसय २४ जनाको स्वाब संकलन गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो ।

जुम्लाको चन्दननाथ नगरपालिकाका २८ जना, पातारासी गाउँपालिका २९ जना, गुठिचौर गाउँपालिका २२ जना, तातोपानी गाउँपालिका १३ जना र तिला गाउँपालिकाका १७ जनाको जुम्ला बिमानस्थलमा हवाई मार्गबाट आउने टोलीले स्वाव संकलन गर्ने भएको छ ।

यसैगरी सिञ्जा गाउँपालिकाका ५२ जना, कनकासुन्दरी गाउँपालिकाका ४७ जना र हिमा गाउँपालिकाका ४५ जना गरी २५३ जनालाई अनिवार्य उपस्थित हुन निर्देशनात्मक सूचना जारी गरे पनि पछिल्लो छुटेका सहित सवै उत्साहका साथ आएपछि ३२४ जनाको स्वाब संकलन गरिएको प्रजिअ बञ्जाडेले थप्नुभयो । तोकिएको स्थानमा चैत ११ गते देखी हाल सम्म भारत र तेस्रो मुलुकबाट आएका स्थानीय तहको तथ्यांक अनुसारका व्यक्तिलाई उपस्थित हुन सूचना गरे अनुसार उहाँहरुको स्वाब संकलन भएका हो ।

प्रतिकृया दिनुहोस्