OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २१, २०७८सुर्खेत
४०० पटक

२१ फागुन २०७८, शनिबार

जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिलागुफा नगरपालिका ३ कालीकोट निवासी ३४ वर्षीय कृष्ण हमाल (मिनि)को मृत्युको सत्य तथ्य कारण छानबीनका लागि समिति गठन गरेको छ ।

आज बिहान १०ः१५ बजे मृत्यु भएका हमाल शुक्रबार राति २३ः५० बजे नेपालगञ्जदेखि जुम्ला जाँदै गरेको भे.१.क ९२२ नम्बरको गाडीमा सवार थिए । यात्री हमाललाई सुब्बाकुना प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाईते बनाएको र जसका कारण हमालको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले वीरेन्द्रनगरमा आन्दोलन थालेलगत्तै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी पाण्डेको संयोजकतत्वमा चार सदस्यीय छानबीन समिति गठन गरेको छ ।

उक्त समितिले तीन दिनभित्र घटनाको सत्य तथ्य अध्ययन प्रतिवेदन पेश गर्ने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । प्रशासनका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिदै भन्नुभयो “गठित समितिले घटना कसरी घट्यो र के भएको हो ? भन्ने विषयमा निष्पक्षरुपमा छानबीन गरी प्रतिवेदन पेश गर्नेछ, । यही विषयलाई लिएर शान्ति सुरक्षामा खलल पुग्ने खालका विभिन्न विरोधका कार्यक्रमहरु नगरी छानबीन प्रक्रियामा सहयोग पु¥याउन सबैमा अपिल गर्दछौं ।”

मृतका आफन्त कलमबहादुर हमालले प्रहरीको कुटाइबाट तल्लो पेट र अण्डकोषमा चोट लागेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “गाडीको स्टाफलाई समेत दुईजना प्रहरीले कुटपिट गरेका थिए । उनीहरुलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएकोछ छ ।” आज बिहान सुर्खेत अस्पताल नपुग्दै हमालको मृत्यु भएको प्रदेश अस्पतालको विज्ञप्तिमा उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुखेृतमा सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाउनुभयो ।

जिल्ला प्रशासन कार्यालका अनुसार छानबिन समितिले तीन दिनभित्र प्रतिवेदन प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्न, प्रतिवेदन बमोजिम व्यक्ति दोषी देखिए कानून कारवाही गर्ने, यस कार्यलाई सहज बनाउनका विरोधका कार्यक्रम रोक्ने र पोष्टमार्टमका लागि मृतकको शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाउने सहमति भएको छ ।

प्रतिकृया दिनुहोस्