OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १९, २०७८सुर्खेत
३२४ पटक

१९ फागुन २०७८, बिहीबार

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सूचना प्रणालीलाई छरितो र सर्वसुलभ बनाउने बताउनुभएको छ ।

सुर्खेतमा कार्यरत पत्रकार सञ्चारकर्मीहरुसँगको आजको भेटघाट कार्यक्रममा उहाँले सूचना प्रणालीलाई विश्वसनीय, छिटो र सर्वसुलभ नबनाई समाजमा शान्ति र अमनचयन कायम नहुने जनाउनुभयो । “सूचना तथा सञ्चारको छरितोपनले संभावित क्षति न्यूनीकरणमा सहयोग पुग्छ,” उहाँले भन्नुभयो, यसमा प्रशासन, “सुरक्षा निकायसहित सबैको भूमिका महत्वपूर्ण छ ।”

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी उपरीक्षकद्वय पदमबहादुर विष्ट र बिमल डाँगीले शान्ति र सुशासन कायम गर्न पत्रकारहरुको ठूलो हात रहेको तर्क गर्नुभयो । “पत्रकारले लेखेको समाचारले समाजको मनोविज्ञान निर्माण हुन्छ” प्रहरी उपरीक्षकद्वयले भन्नुभयो, “त्यसैले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सकरात्मक समाचार सम्प्रेषण गर्न हामी आग्रह गर्दछौं ।”

समाजमा अफवाह फैलाउने खालका समाचारले द्वन्द्व भड्किन सक्ने भएकोले यसमा सबैले सकरात्मक भूमिका खेल्न आग्रह गरिएको छ । पत्रकारहरुले संभावित खतराका घटनामा प्रशासन, प्रहरी विवेकशील भएर लाग्न र गतिशील सूचना प्रवाह ध्यान दिन सके भौतिक तथा मानवीय क्षति हुनबाट बच्न सकिने सुझाव दिएका थिए ।

 

 

प्रतिकृया दिनुहोस्