OnlinePana

आज : २०८३ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १९, २०७८सुर्खेत
६०६ पटक

१९ फागुन २०७८, बिहीबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले साँस्कृतिक विविधिताले नेपालको राष्ट्रिय एकता मजबुत बनाउँदै आएको बताउनुभएको छ ।

हिमाली आदिवासी शेर्पा समुदायले मनाउने ‘ग्याल्पो ल्होसार, २०७८’ को अवसरमा आज एक शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री शाहीले साँस्कृतिक विविधता नेपालको विशिष्ट पहिचान भएको जनाउनुभयो । शेर्पा समुदायको नयाँ वर्ष ‘ग्याल्पो ल्होसार’को अवसरमा स्वदेश तथा विदेशमा बस्दै आउनुभएका सम्पूर्णमा नेपाली आमाबुबा, दाजुभाई र दिदी बहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

पुरानो ध्वजाका ठाउँमा नयाँ ध्वजा राखी नौ प्रकारका अन्न मिसाइएका अन्न खाँदै नयाँ वर्ष स्वागत गरेर मनाउने यस पर्वले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पुर्याएको उहाँले बताउनुभएको छ ।

जारी सन्देशमार्फत मुख्यमन्त्री शाहीले भन्नुभएको छ, “बहुजातीय, बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभाषिक र भौगोलिक विविधताले भरिपूर्ण देश नेपालमा विद्यमान पर्वहरु मध्य आज परेको ‘ग्याल्पो ल्होसार’ले नेपालीमाझ आपसी सद्भाव, विश्वास, एकता, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने विश्वास लिएको छु ।” यस पर्वले नेपालीहरुमा नयाँ उमंगसहित हर्षोल्लास, शान्ति र भातृत्वको सन्देश फैलाउन सकोस् भन्ने उहाँले सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्