OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १७, २०७८सुर्खेत
६६२ पटक

 

१७ फागुन २०७८ मंगलबार

प्रतिनिधिसभाबाट फागुन १५ गते आइतबार एमसीसी अनुमोदन भएपछि त्यसविरुद्ध सोमबार नेपाल बन्दको क्रममा सुर्खेतमा बन्दकर्ता तथा आन्दोलनकारीले तोडफोड, आगजनी र भौतिक क्षेति पुर्याएपछि साँझ ७ः ०० बजेसम्म लगाइएको कर्फ्यू हटाईएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले २४ घण्टे कर्फ्यू आदेश हटाएर यहाँका संवेदनशील स्थानमा निषेधाज्ञा कायम गरेको छ । सोमबार अपरान्हतिर प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै सार्वजनिक सम्पति र पार्टी कार्यालयमा आगजनी गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले हिजो राति ८ः०० बजेदेखि वीरेन्द्रनगरमा कफ्र्यू आदेश जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाल रिजालले कर्फ्यू अवधिमा कुनै शान्तिपूर्ण नै देखिएकाले यसलाई हटाएर यहाँका केही संवेदनशील क्षेत्रमा पाँच जना भन्दा बढी जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको बताउनुभयो । प्रजिअ रिजालका अनुसार यहाँका यरिचोक, मंगलगढी चोक र हटिया लाइन क्षेत्रमा निषेधाज्ञा तोकिएको छ । निषेधाज्ञा हटाउने अर्को आदेश नहुञ्जेसम्म ती स्थानमा जुलुस, सभा र प्रदर्शन गर्न पाइने छैन ।

आन्दोलनकारीहरुले सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालय, प्रहरी विट लगायत विभिन्न सार्वजनिक संरचनाहरुका तोडफोडका साथै आगजनी गरेका थिए ।

प्रतिकृया दिनुहोस्