OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १५, २०७८सुर्खेत
६८७ पटक

१५ फागुन २०७८, आइतबार

विपरीत दिशाबाट आएको फोर्स गाडीको ठक्करबाट घाइते भई उपचारको क्रममा मृत्यु भएका भेरीगंगा नगरपालिकाका १ सुर्खेतका वडाध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाभर सार्वजनिक विदा दिईएको छ ।

भेरीगंगा नगरपालिकाले मृतक वडाध्यक्षको मृत्युको शोकमा एक शोक वक्तव्य जारी गर्दै आज वडा कार्यालयसहित नगरपालिका भित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक विदा दिएको हो । काठमाडौंस्थित बाँसबारी न्यूरो अस्पतालकमा उपचारको क्रममा शुक्रबार राति वडाध्यक्ष कार्कीको मृत्यु भएको थियो ।

यही फागुन ८ गते वडा कार्यालयबाट नगरपालिकाको बैठकमा सहभागी हुन आउँदै गरेको अवस्थामा भेरीगंगा नगरपालिकाका १२ सुर्खेतस्थित राजीगाउँमा वडाध्यक्ष सवार भे.६.प ४४०१ नम्बरको मोटरसाइकललाई नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा परी उपचारको क्रममा मृत्यु भएका ३० वर्षीय वडाध्यक्ष कार्की विसं.२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । विसं.२०४८ सालमा जन्मिनुभएका उहाँ सुर्खेत जिल्लाकै सबैभन्दा कान्छा वडाध्यक्षका रुपमा परिचित हुनुहुथ्यो ।

 

 

 

प्रतिकृया दिनुहोस्