OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १५, २०७८काठमाडौं
७४८ पटक

जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका १० का नमुना किसान शंखु खत्रीले जिल््लाका विपन्न किसानलाई निशुल्क ओखरका विरुवा वितरण गरेका छन् । आफ्नो बुबाको जन्म दिनको अबसरमा खत्रीले विपन्न किसानलाई ग्राफ्टीङ गरिएका कास्मिरी जातको ओखरका विरुवा निशुल्क वितरण गरेका हुन् ।

शुक्रबार स्याउ बगैचामै एक कार्यक्रमका बीच जुम्लाको चन्दननाथ नगरपालिका सहित तातोपानी,हिमा र गुठिचौर गाउँपालिकाका २० जना एक महिला,विपन्न,दलित,कृषिमा भविष्य देखेका यूवा किसानलाइ झण्डै ८० हजार बराबरका विरुवा निशुल्क वितरण गरिएको नमुना किसान खत्रीले बताउनुभयो ।

उहाँने भन्नुभयो,“म मेरो बुबाकै प्रेरणाले स्याउ,ओखर खेतीमा होमिएको हुँ । अहिले स्याउ ओखर खेतीमा अनुसन्धान समेत गरिरहेको छु । जुम्लामा आर्थिक आम्दानीका हिसाबले स्याउ भन्दा ओखर खेती उपयुक्त छ । त्यसैले किसानलाई निशुलल्क विरुवा विरण गरेको छु ।”

नमुना किसानका रुपमा दर्जन बढी राष्ट्यि पुरस्कारबाट पुस्कृत भइसकेका किसान शंखु खत्री जुम्लामा ओखर खेतीको विस्तार गरी किसानको आर्थिक स्थिती सुधार गर्ने लक्ष्यले निशुल्क विरुवा वितरण गरेको बताउँनुहुन्छ ।

उहाँ भन्छन,“कास्मिरी जातको ओखरको विरुवाको मुल््य जिल्ला दररेट अनुसार सात सय छ । तर मैले कलमी समेत गरेका विरुवा एक जना किसानलाई ५ विरुवाका दरले निशुल्क वितरण गरिएको छ । भने साथमा रोग किरा नियन्त्रण गर्न एक बोतल जिवातु र ओखर खेतीको प्राविधिक तथा सैदान्तीक ज्ञान सहितको हेन्सआउँट पनि दिइएको छ ।”

प्रति किसानले चार हजार बराबरको निुशल्क विरुवा जिवातु पाएका छन् । किसानलेनै अन्य किसानलाई खेती विस्तारका लागि महंगो पर्ने विरुवा निशुल्क दिएको पहिलो उदाहरण हो ।
नमुना किसानकै बगैचामा पुगेर निशुल्क विरुवा देखि खेतीबारे ज्ञान पाउँदा खुसी छु । गुठिचौर गाउँपालिका ४ का किसान देवराज धितालले भन्नुभयो,“स्याउ खेतीमा जोखिम धेरै,आम्दानी कम छ । ओखर खेतीमा त्यति जोखिम पनि छैन् । आम्दानी राम्रो छ । जिल्लाकै नमुना किसानको नर्सरीबाट विरुवा लिँदा अनुभव साँटासाट गर्दा निकै उर्जा थपिएको छ । पाँच विरुवाको परिक्षण गरेर उत्पादन राम्रो भए व्यवसायीक खेती अघि बढाउने तयारी छ ।”

विरुवा वितरण कार्यक्रममा स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख गंगा पोखरेलले शंखु खत्री जिल्लाकै किसानको उत्प्रेरणा बन्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो,“स्याउ ओखर खेती संगै अनुसन्धानमा गरेको काम प्रसंशनिय छ । यस्ता किसानलाइ सम्मान प्रोत्साहन गर्न कन्जुसाई गर्नु हुन्न । किसानको बृद्धि विकासका लागि सधै सुपरजोन कार्यालय तयार छ ।”

कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले जुम्लामा स्याउ ओखर खेतीको सम्भावना राम्रो भएकोले शंखु खत्रीको उत्प्रेरणाले पनि जुम्ली यूवा कृषिमै होमिनुको विकल्प नरहेको बताउनुभयो । साना किसानको उत्थान र नमुना किसानको सम्मान सरकारले आबश्यक लगानी बढाउनु पर्नेमा जोड दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्