OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १४, २०७८सुर्खेत
४०६ पटक

१४ फागुन २०७८, शनिबार

फोर्स गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटनामा घाइते भई उपचारका लागि काठमाडौं लगिएका सुर्खेत भेरीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको निधनपछि सुर्खेत नेपालगञ्जको रत्न राजमार्ग बन्द भएको छ । वडाध्यक्ष कार्कीको उपचारका क्रममा काठमाडौंमा निधन भएपछि आक्रोशित स्थानीयवासीले आज बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् ।

उहाँको शुक्रबार राति काठमाडौँको न्यूरो अस्पतालमा निधन भएको थियो। आक्रोशित स्थानीयले दोषीलाई कारवाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र हालसम्मको उपचार खर्च दिनुपर्नेलगायत माग राख्दै उनीहरुले आज बिहानैदेखि रत्नराजमार्गस्थित छिन्चु बजार र सडक अवरुद्ध गरे। उक्त सडक अहिलेसम्म खुल्न सकेको छैन । सडक अवरोधका कारण गाडी चल्न सकेका छैनन् भने यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

रत्नराजमार्गअन्तर्गत भेरीगङ्गा नगरपालिका–१२ छिन्चु बजार नजिकै नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे६प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा वडाध्यक्ष कार्की गम्भीर घाइते भएका थिए ।

नेकपा (माओवादी केन्द्र) बाट जननिर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो । कुशल र सक्षम नेतृत्वका रुपमा आफ्नो पहिचान स्थापित गर्नुभएका वडाध्यक्ष कार्की सुर्खेत जिल्लाकै निर्वाचित वडाध्यक्षमध्ये सबैभन्दा कान्छा वडाध्यक्ष हुनुहुन्थ्यो

प्रतिकृया दिनुहोस्