OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ११, २०७८काठमाडौं
४३९ पटक

११ फागुन २०७८, बुधबार

नेपाली लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लामाले अभिनय गरेको टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको बताउनुभयो ।

श्रेष्ठका अनुसार आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उहाँ मृत फेला पर्नुभएको थियो । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गर्नुभएको थियो ।

उहाँले छक्कापञ्जा, चलचित्र मनको बाँधलगायत चलचित्रहरुमा पनि अभिनय गर्नुभएको थियो। पछिल्लो समयमा लामाले हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा अभिनय गर्दै आउनुभएको थियो । चुइँ चुइँ चुइँकने जुत्ता, कलकत्ते काइँयो, मुलाको चाना, सलल पानीलगायत उहाँका थुप्रै लोकगीतहरु चर्चित छन् । नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि उहाँले निर्वाह गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्