OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १६, २०७८सुर्खेत
९२४ पटक

१६ माघ २०७८, आइतबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित ‘कर्णाली प्रदेश संग्राहलय’को विकासमा सहयोग पुर्याउन पहल गर्ने बताउनुभएको छ ।

विभिन्न जाति, धर्म, संस्कृति, भाषासँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक वस्तु तथा सामग्रीको अवलोकन गर्न आइतबार अपरान्ह प्रदेश संग्राहलय पुग्नुभएका प्रदेश प्रमुख परियारले त्यसको महत्व बढाउन संग्राहलयको विकास आवश्यक रहेको बताउनुभयो । “मैले आज संग्राहलयमा ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तु हेर्ने मौका पाएँ” उहाँले भन्नुभयो, “अवलोकन गर्दा थुप्रै कमि कमजोरीका बाबजुद संग्राहलय चलेको पाइयो ।”

संग्राहलयको पहिलो, दोस्रो ग्यालरी र पुस्तकालय अवलोकन गर्नुभएका उहाँले पुरानो इतिहासलाई जीवित राख्न सकिए भावी सन्ततिलाई शिक्षा प्रदान गर्ने भन्दै आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षणका लागि यसको प्रवद्र्धन गर्नुपर्ने र यसमा तीनै तहका सरकारको सहकार्य अपरिहार्य रहेको औंल्याउनुभयो । यसका लागि कर्णाली प्रदेश सरकारले विशेष ध्यान पुर्याउने र त्यसमा आफ्नो क्षेत्रबाट निरन्तर पहल रहने उहाँको भनाई थियो ।

कर्णाली प्रदेश संग्राहलय सुर्खेतका प्रमुख अर्जुनबहादुर शाहीले प्रदेश प्रमुख परियारको अवलोकनले यसको गरिमा बढाएको प्रतिक्रिया दिनुभयो । “प्रदेश सरकार नजिक रहँदा पनि ओझेल रहे जस्तो संग्राहलयमा उहाँको आजको अवलोकनले प्रदेश तथा स्थानीय सरकारका नेतृत्वलाई अवलोकन संस्कृतिको सन्देश दिनुको साथै संग्राहलयको उन्नयनमा सहयोग पुगेको छ,” प्रमुख शाहीले भन्नुभयो, “यसले अवलोकन, अध्ययन तथा अनुसन्धान प्रक्रियामा पनि सहयोग पुर्याएको छ ।”

संग्राहलयको कम अवलोकन, जनशक्तिको अभाव, अध्ययन अनुसन्धानमा सरकारले चासो नदिनु, वस्तु संकलन तथा कार्यालयका लागि आवश्यक सवारी साधनको अभाव हुँदा यसको अपेक्षाकृत विकास हुन नसकेको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्