OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १५, २०७८काठमाडौं
३८६ पटक

१५ माघ २०८(७८, शनिबार

प्रेस सेन्टर नेपालका संस्थापक संयोजक तथा इञ्चार्ज महेश्वरले दाहाले परिवर्तनको मुद्दा संस्थागतमा सेन्टरले प्रमुख भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रेस सेन्टर नेपालको १८औं स्थापना दिवसको अवसरमा आज आयोजित भर्चुअल छलफल कार्यक्रममा बोल्दै इञ्चार्ज दाहालले रोल्पाको इरिवाङ्को गर्तम भन्ने ठाउँमा विसं.२०६१ माघ १५ गते स्थापना भएको संगठनले परिवर्तनका विभिन्न आन्दोलनहरुमा आफ्नो भूमिकालाई जिम्मेवारपूर्ण तरिकाले निभाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब पनि यो संगठनले देश र जनताको परिवर्तनको मुद्दा संस्थागत र सुदृढ गर्न सशक्त भूमिका खेल्नुपर्दछ ।”

संगठनका नेता तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द आचार्यले अखिल क्रान्तिकारी पत्रकार संगठनका नामले जन्मेको संगठन आज प्रेस सन्टरको संरचनामा आइपुग्दा वयस्क अवस्थामा पुगेको बताउनुभयो । “महान् सहिद कृष्णसेन ‘ईच्छुक’ को रगतमा जन्मेको संगठनले युद्ध, शान्ति, संविधान सभा, टुटफुट र एकताको सबै अनुभव गर्दै आएको छ,” उहाँले भन्नुभयो, “अब समाजवादी नीतिको अख्तियार गर्दै जनतामाझ सचेतना बढाउने कार्यमा लाग्नुपर्दछ ।”

प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटाले अग्रजहरुले गरेको योगदानलाई उच्च सम्मान गर्दै संगठनलाई उत्पादनसँग जोड्ने जनपक्षीय बनाएर लैजान प्रतिवद्धता व्यक्त गर्नुभयो । सेन्टरका प्रदेश समितिहरुलाई स्वायत्त अधिकार भएको जनाउँदै अध्यक्ष सापकोटाले प्रदेशको सापेक्षतामा योजना कार्यक्रम र गतिविधि सञ्चालन गर्न सुझावात्मक निर्देशन दिनुभयो ।

सबै प्रदेशको समन्वयार्थ पूर्व प्रदेश इञ्चार्जहरुलाई समन्वयको जिम्मेवारी तोक्दै उहाँले स्थानीय तहसम्म संगठन निर्माण र सबै जिल्ला तथा प्रदेश,क संविधान, संघीय व्यवस्था कार्यान्वय र विकासका मुद्दालाई उठाएर जनताको पक्षमा लेख्न र श्रमजीवि पत्रकारका रुपमा अघि बढ्न आग्रह गर्नुभयो । छलफलको क्रममा उहाँले संगठनको खुला कोष निर्माणको प्रस्ताव गर्नुभएको थियो ।

सेन्टरले जनताको त्याग र बलिदानबाट प्राप्त नयाँ व्यवस्थामा भएका राम्रा कामहरु उजागर गर्न, विज्ञान र प्रविधिको युगसापेक्ष भएर ‘एक वडा एक दक्ष पत्रकार’को नीतिमा टेकेर ‘एक गाउँपालिका एक समिति’को संरचनामा अघि बढ्ने अभियानमा जोड दिन सहभागीहरुले सुझाएका थिए । प्रेस सेन्टर नेपालका इञ्चार्ज दाहालद्वारा आजै प्रेस सेन्टर नेपालको वेभसाइट शुभारम्भ गरिएको छ ।

स्थापना दिवसको अवसरमा प्रदेश नम्बर १ का अध्यक्ष विनोद घिमिरे, मधेश प्रदेशका अध्यक्ष किरण कर्ण, बागमती प्रदेशका अध्यक्ष यदुनाथ गौतम, गण्डकी प्रदेशका अध्यक्ष अरुण काफ्ले, लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विक, कर्णाली प्रदेशका अध्यक्ष प्रतिक इच्छुक शर्मा, सुदूरपश्चिम प्रदेशका अध्यक्ष भुवन बोहोराले प्रदेशको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

त्यस्तै, उपत्यका प्रदेशको प्रतिनिधित्व गर्दै रोयल आचार्य, प्रतिष्ठानबाट वीरेन्द्र ओली, प्रेस सेन्टरको प्रवास संयोजक आर.बि.खड्का तथा एशोसियट प्रदेश प्रतिनिधिलगायतले दिवस समारोहामा आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्