OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १३, २०७८सुर्खेत
६६६ पटक

१३ माघ २०७८, बिहीबार

कर्णाली प्रदेश समन्वय परिषद्को पाँचौं बैठक आज सुर्खेतमा सम्पन्न भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सरकारद्वारा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित परिषद्को पाँचौं बैठकको प्रारम्भमा यस अघिका निर्णयहरुको पुनरावलोकन गरिएको थियो । तत्तपश्चात् विकास आयोजनाको कार्यान्वयनमा प्रदेश सरकार र स्थानीय तहको भूमिका, आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमाका विषयमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता केशवप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

यसैगरी, कोभिड–१९ को रोकथाम तथा प्रतिकार्यको तयारी, समन्वय र सहकार्य, प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुँदै आएको विकास आयोजना, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध तथा साझा अधिकारका विषयमा छलफल भएको भएको प्रवक्ता उपाध्यायले बताउनुभयो । उहाँका अनुसार परिषद्को सम्पन्न बैठकबाट भएका निर्णयको सार्वजनिक भने भोलि गरिनेछ ।

मुख्यमन्त्री शाहीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, कर्णालीका १० जिल्लाका समन्वय प्रमुख, ७९ स्थानीय तहका प्रमुख÷उपप्रमुख अध्यक्ष÷उपाध्यक्ष, प्रदेश सरकारका सचिवलगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्