OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ५, २०७८सुर्खेत
३११ पटक

५ माघ २०७८, मंगलबार

कर्णाली, ४ माघ (रासस)ः कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढी पीडितलाई रु.१२ करोड निकासा दिएको बताएको छ । विसं.२०७१ साउनको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगंगा नगरपालिका, बराहताल गाउँपालिकाका पीडितहरुको घरबास निर्माणका लागि रु.१२ करोड निकासा दिएको हो ।

उक्त बाढीबाट सुर्खेतमा एक हजार ४५ घर पूर्णरुपमा क्षति भएका थिए । प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले गएको कात्तिक २९ गते मुगुमा भएको आगलागीबाट पीडितका छायाँनाथ रारा नगरपालिकाका १ गमगढीवासीलाई प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय मुगुमार्फत रु.६१ लाख ८५ हजार पठाएको राससलाई जानकारी दिनुभयो । त्यस्तै, रु.दुई करोड बराबरको विपद् सामग्री खरिदका लागि बोलपत्र आह्वान गरिसकेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ७१८ वडाका एक हजार ५५ आयोजनाहरुको छनोट भई आएको बताउँदै उहाँले भन्नुभयो, “कर्णालीको बेरोजगारी र गरिबीको समस्याका समाधानमा बजेट तथा कार्यक्रम परिलक्षित छ । रोजगार कार्यक्रका लागि छनोट भई आएका आयोजनाहरुको कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट पठाइसकेका छौं ।”

प्रदेश सरकारको ब्याज अनुदान कार्यक्रमतर्फ हालसम्म बैकबाट २०९ र सहकारीबाट ६११ गरी ८२० जना व्यवसायीहरुले अनुदान लिएको र त्यसवापत् सरकारले रु.एक करोड ५१ लाख प्रदेश सरकारले ब्याज भुक्तानी गरेको मुख्यमन्त्री शाहीले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारले ‘कर्णाली प्रदेश प्रसारण नियमावली २०७६’ संशोधन गरी सञ्चार माध्यमको आव.व.२०७८÷०७९ को नविकरण दस्तुर छुट र रोयल्टी शुल्क एक प्रतिशत झारिएको छ ।

प्रतिकृया दिनुहोस्