OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ३, २०७८सुर्खेत
५९५ पटक

३ माघ २०७८, सोमबार

वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतस्थित कुइन्स रेष्टुरेन्टबाट लागु औषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको लागुऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार १४० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित उनीहरुलाई पक्राउ गरेको हो । उक्त रेष्टुरेन्टको क्याबिनमा लागु औषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरीले चेकजाँच क्रममा लागु औषध भेटेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतका ३० वर्षीय भूगोल गुरुङ, २२ वर्षीय विप्लव सुवेदी, वडा नं. १० बस्ने १८ वर्षीय युनिस नेपाली र ३ बस्ने १९ वर्षीय पूजा कार्की रहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । चारै जनालाई हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्