OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ३, २०७८सुर्खेत
६२४ पटक

३ माघ २०७८, सोमबार

वीरेन्द्रनगर नगरपालिका २ सुर्खेत निवासी ६१ वर्षीय नन्दकली कँडेलको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।

सुर्खेत बाङ्गेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क.०२००१.प.८९५० नम्बरको मोटरसाइकलले आइतबार अपरान्ह ३ः२० बजे रेडियो नेपाल प्रादेशिक कार्यालय सुर्खेत नजिक ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिनुभयो । घाइते अवस्थाकी कँडेलको उपचारको क्रम कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो ।

अस्पतालबाट खोप लगाएर फर्केकी कँडेल मोटरसाइकलको ठक्करका कारण मृत्यु भएपछि आफन्तहरु आक्रोसित भएका छन् । उचित क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने मृतका भाई काशीराम सापकोटाले बताउनुभयो । “लास अहिले प्रदेश अस्पतालको शव गृहमा छ,” सापकोटाले भन्नुभयो, “प्रहरी प्रशासनले उचित क्षतिपूर्ति र दोषीलाई कारवाही नगरेसम्म हामी बुझ्दैनौं ।”

प्रहरी निरीक्षक शाहीले मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका २ सुर्खेत दौलतपुरका करिब २५ वर्षीय नवराज सुनारलाई गएराति १ः०० बजे पक्राउ गरी अनुसन्धान थालिएको बताउनुभयो । उहाँका अनुसार पीडित पक्षका आफन्तसँग छलफल भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस्