OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २, २०७८सुर्खेत
५९५ पटक

२ माघ २०७८, आइतबार

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० स्थित बुलबुले भ्यू टु होटलबाट लागु औषधसहित १० जना पक्राउ परेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको लागुऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार ६३० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, ४ ग्राम चरेस र ३२ ग्राम गाँजाको धुलोसहित सो होटलबाट १० व्यक्तिलाई पक्राउ गरेको हो । उक्त होटलको कोठा नं. २०६, २०३ र वीरेन्द्रनगर बजार एरिचोकमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरीले चेकजाँच गर्दा लागुऔषध भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका १ सुर्खेतका २५ वर्षीय युवराज ढकाल, ३ बस्ने २२ वर्षीय कमल डाँगी र ३० वर्षीय सुमन खत्री, ४ बस्ने २४ वर्षीय सुजन शर्मा र २३ वर्षीय रञ्जित खड्का रहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । त्यस्तै, नारायण नगरपालिका ८ दैलेखका २३ वर्षीय दिपक थापा र क्षितिज शाही, ११ बस्ने २९ वर्षीय सागर चन्द, डुङ्गेश्वर गाउँपालिका १ दैलेखका २४ वर्षीय डम्बर खड्का, महावै गाउँपालिका ३ कालीकोटका २२ वर्षीय जीवन सिंहलाई समेत पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्