OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १, २०७८सुर्खेत
६३६ पटक

१ माघ २०७८, शनिबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले थारु तथा मगर समुदायले मनाउने ‘माघी एवं मकर सकराती, २०७८’ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले आज एक सन्देश जारी थारु समुदायको नयाँ वर्ष ‘माघी’ र मगरहरुको मकर संकरती’को अवसरमा स्वदेश तथा विदेशमा बस्दै आउनुभएका सम्पूर्णमा नेपाली आमाबुबा, दाजुभाई र दिदी बहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो । माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति एवं मध्य हिउँदको महत्वपूर्ण दिनलाई तिलुवा संक्रान्तिका रुपमा पनि मनाइदै आएको र यसले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पुर्याएको उहाँले बताउनुभएको छ ।

जारी सन्देशमार्फत मुख्यमन्त्री शाहीले भन्नुभएको छ, “मधेशमा थारु र मैथली समुदाय, किराँतहरुले किराँत सम्वत्का रुपमा निकै सद्भावका साथ मनाउँछन् । आजकै दिन नेवार समुदायमा ‘घ्यूचाकु, सैल्हुँ’ नामले यो पर्वलाई मनाइन्छ । मगरहरुले मकर संक्रान्तिका रुपमा मनाउने माघे संक्रान्ति पर्वले सबै धार्मिक समुदायका नेपालीमाझ आपसी सद्भाव, विश्वास, एकता, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने विश्वास लिएको छु ।”

माघे संक्रान्ति पर्वले नेपालीहरुमा पारस्पारिक एकता, सद्भाव, प्रेम र सहिष्णुता अभिवृद्धि गर्दै आएको भन्दै उहाँले कोरोना महामारीको तेस्रो चरणको जोखिम बढ्दै गएकोले जनस्वास्थ्यका न्यूनतम स्वास्थ्य मापदण्ड पालना गरी यस माघी अर्थात मकर संक्रान्ति पर्वलाई हर्षोल्लासका साथ मनाउन अनुरोध गर्नुभएको छ । कर्णाली प्रदेश सरकारले दुई वर्षदेखि माघे संक्रान्तिलाई प्रदेशभर सार्वजनिक विदा दिँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस्