OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुमित्रा शाही पौष २९, २०७८सुर्खेत
७६२ पटक

२९ पुस २०७८ बिहीबार

नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल कर्णाली प्रदेश अध्यक्षमा जुम्लाका प्रकाश देवकोटा सर्वसम्मत चयन हुनुभएको छ ।

‘समृद्धिका लागि दिगो वन व्यवस्थापनः प्रगतिशील वन प्राविधिकहरुको आह्वान’ भन्ने नारासँगै कर्णाली प्रदेशको राजाधानी वीरेन्द्रनगरमा बुधबार सम्पन्न ऐतिहासिक प्रथम कर्णाली प्रदेश सम्मेलनबाट देवकोटाको नेतृत्वमा ११ सदस्यीय प्रदेश कार्य समिति सर्वसम्मत चयन भएको हो । प्रदेश समितिको उपाध्यक्षमा सिर्जना ओली (रुकुमपश्चिम), सचिवमा प्रकाश खड्का (रुकुमपश्चिम) र कोषध्यक्षमा टासी टोपगेल तामाङ (मुगु), चयन हुनुभएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

त्यस्तै, सदस्यहरु भूपालनाथ योगी (कालीकोट), रमित रावत (रुकुमपश्चिम), सोनाम आचार्य (चितवन), विपना खड्का मगर (रुकुमपश्चिम), सुरेन्द्र पुन मगर (जाजरकोट), टोपेन्द्र गिरी (दाङ) र धर्मेन्द्र बुढ्थापा (जुम्ला) चयन हुनुभएको उहाँले बताउनुभयो ।

अध्यक्ष देवकोटाले मूलतः जलवायु परिवर्तनसम्बन्धी कार्य गरी जैविक विविधता संरक्षणमा सहयोग पुर्याउने उद्देश्य नव गठित प्रदेश कार्य समितिले राखेको बताउनुभयो । वन विज्ञानको शैक्षिक गुणस्तर कायम गरेर वन स्रोतबाट आर्थिक समृद्धि हाँसिल गर्दै उक्त क्षेत्रमा रोजगारी सृजना गर्ने आगामी योजना रहेको उहाँले जनाउनुभयो ।

हिजो सम्पन्न नेपाल राष्ट्रिय वन प्राविधिक संजालको उक्त सम्मेलनमा कर्णाली प्रदेशका अर्थमन्त्री बिन्दमान बिष्ट, नेकपा माओवादी कर्णाली प्रदेशका अध्यक्ष बिमला केसीको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्