OnlinePana

आज : २०८३ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २५, २०७८सुर्खेत
७६० पटक

२५ पुस २०७८, आइतबार

वीरेन्द्रननगर नगरपालिका १० सुर्खेतस्थित इगरब्रिज बोडिङ्ग स्कुल आगलागी हुँदा रु.तीन लाख बराबरको क्षति भएको छ ।

उक्त बोडिङ्ग स्कुल आज बिहान ८ः०० बजेतिर आगलागी भएको थियो । भुई तलामा रहेको होस्टेलको भान्सामा नयाँ ग्याँस सिलिण्डरमा जडान गरी लाईटर बाली जाँच गर्दा एक्कासी ग्याँस सिलिण्डमा आगो लाग्दा आगलागी भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त आगलागीबाट स्टोरमा रहेको खाद्यान्न भाडावर्तन फर्निचरका समानहरु जलेर पूर्णरुपले नष्ट भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपनि आगलागीबाट रु.तीन लाख २०० बराबरको क्षति भएको छ । त्यस्तै, हिंजो खार्पुनाथ गाँउपालिका १ हुम्ला प्युस निवासी सुरज शाहीको ढुङगा माटो र काठले निर्मित कच्ची घरमा भएको आगलागीले दुई कोठा एक गाई र सात कुखुरा जलेर नष्ट भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्