OnlinePana

आज : २०८३ साउन ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १८, २०७८सुर्खेत
७३५ पटक

१८ पुस २०७८, आइतबार

जाजरकोटमा भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जना जुवाको खालबाट पक्राउ परेका छन् ।

भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र नेपाली कांग्रेसबाट विजयी सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्ष शशी बुढा पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिनुभयो।

भेरीनगरपालिका ४ गैरीखालीबाट आज उनीहरु बिहान ३ः०० बजे पक्राउ परेका हुन् । उनीहरूको साथबाट रु.दुई लाख ५२ हजार नगदसमेत बरामद भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्