

१८ पुस २०७८, आइतबार
नेकपा (माओवादी केन्द्रं)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा चयन भएका छन् । आइतबार सकिएको केन्द्रको आठौँ महाधिवेशनबाट खुला, समानुपातिक र पिछडिएको क्षेत्र गरी २९ जना नेता माअोवादीको केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले घोषणा गर्नुभएको २३६ सदस्यी केन्द्रीय समिति सदस्यमा कर्णालीबाट २९ जना नेता चयन भएका हन्। माओवादी आठौं महाधिवेशनले पदाधिकारी चयन भोलि गर्ने जनाएकोछ ।
पदाधिकारी अन्तरगत कर्णालीबाट महासचिवका दाबेदार जनार्दन शर्मादेखि शक्ति बस्नेतसम्म हुनुहुन्छ । अनि जुम्लाका चर्चित सांसद गजेन्द्र महतदेखि नरेश भण्डारी भण्डारी पनि हुनुहुन्छ । केन्द्रले महतलाई खुलाबाट केन्द्रीय सदस्य बनाउँदा भण्डारीलाई पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्य बनाएको छ ।
पूर्वमन्त्री सीता नेपाली दलित महिला, कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती जनजाती कोटाबाट केन्द्रीय सदस्य बनाईएको छ। यस्तै दलित युवा महिलामा जाजरकोटकी पार्वती विक र पत्रकारसमेत रहेकी लक्ष्मी पुन रुकुमपश्चिमबाट माओवादीको केन्द्रीय सदस्य बन्नुभएको छ ।
कर्णालीबाट माओवादी केन्द्रीय सदस्य बनेका २९ नेताको सूची हेर्नुहोस्:
(क) समावेशी
(i) खस/आर्य पुरुष खुल्ला तर्फ
१. नर ब बिष्ट
२. वसन्त शर्मा
(ii) खस/आर्य युवा पुरुष तर्फ
१. बिजय भण्डारी
(iii) खस/आर्य महिला तर्फ
१. सत्य पहाडी
२. लुम्बिनी गौतम
३. टीका बुढाथाेकी
४. गाेमा कुवँर
५. काली चलाउने
६. हरिमाया शर्मा
(iv) खस/आर्य युवा महिला
१. यशाेदा न्याैपाने
२. कृष्णा शाह
(v) दलित पुरुष तर्फ
१. बिष्णु ब. बि क.
(vi) दलित महिला
१. सीता नेपाली
(vii) युवा दलित महिला
१.पार्वती बिक
(viii) आदिवासी/जनजाति पुरुष
१. छक्क ब लामा
(ix) आदिवासी/जनजाति महिला तर्फ
१. पुष्पा घर्ती
२. लक्ष्मी पुन
(ख) खुल्ला तर्फ
१. शक्ति बस्नेत
२. जनार्दन शर्मा
३. काली बहादुर मल्ल
४. माया प्रसाद शर्मा
५. टेकबहादुर बस्नेत
६. महेन्द्रबहादुर शाही
७. राजकुमार शर्मा
८. रामदीप आचार्य
९. झक ब मल्ल
१०. बिन्दमान बिष्ट
११. गजेन्द्र महत
(ग) पिछडिएकाे क्षेत्रबाट
१. नरेश भण्डारी