OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १५, २०७८सुर्खेत
१५०१ पटक

१५ पुस २०७८, बिहीबार

कर्णाली प्रदेश सरकार मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले मानवसेवा आश्रमलाई सहयोग बोलीमा नभई व्यवहारमा देखाउने बताउनुभएको छ ।

मानवसेवा आश्रम कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘भोजन जुटाउन भजन सन्ध्या’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सरकारले तत्काल जग्गा उपलब्ध गर्न नसक्ने तर बजेट प्राथमिकता राखेर मद्दत गर्ने बताउनुभयो । “हामीले दिने चालु आव.मा रु.१५ लाखले तपाईको समस्या समाधान हुँदैन । यसमा थप्नुपर्ने कति हो निवदेन ल्याएर आउनुस् सहयोग गर्छु,” उहाँले भन्नुभयो, “अब तपाईहरुलाई मैले प्रदेश सरकारको नाम भजाई राख्नुपर्ने अवस्था बनाउने छैन ।”

सरकारले गर्ने काम मानव सेवा आश्रमले गरेर सहयोग गरेकोप्रति प्रशंसा गर्दै मुख्यमन्त्री शाहीले मानवता प्रवद्र्धन अभियानलाई अघि बढाउने गरी प्रदेश सरकारले नीति ल्याएको जनाउनुभयो । बुद्धको देशमा शान्ति हराउँदै गएको बेला मानवसेवा आश्रमले मानवता प्रवद्र्धन अभियान बढाएर कर्णाली प्रदेश सरकारलाई सहयोग पुर्याएको प्रतिक्रिया दिनुभयो ।

मानवसेवा आश्रमका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संयोजक सृजना ओलीले आश्रमको आव.०७७÷०७८ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । “मानवसेवाको क्रममा हामीले मनोरोगी, बेबारिसे व्यक्तिहरुलाई उद्धार गरी हालसम्म २५६ जनालाई सेवा प्रदान गरेका छौं” उहाँले भन्नुभयो, “त्यसमा ११४ जनालाई पारिवारिक पुनःमिलन, २३ जनालाई सामुदायिक पुनःस्थापना, ४८ जनालाई स्वेच्छाले घर पठाइएको छ ।”

आश्रमको संरक्षणमा रहँदा भने १८ जनाको मृत्यु भएको बताउँदै संयोजक ओलीले आश्रममा हाल ७४ जना आश्रित रहेको र १६ जनालाई पुनः उद्धार गरिएको जनाउनुभयो । आश्रमका सुमा रावलले आव.०७७÷०७८ मा रु.६० लाख ६५ हजार ७७४ आम्दानी भएकोमा रु.५० लाख ५५ हजार ६५७ खर्च भएको बताउनुभयो । उहाँका अनुसार स्थिर पूँजी रु.१२ लाख २५ हजार ९४३ रहेको छ ।

‘भोजन जुटाउन भजन सन्ध्या’ कार्यक्रममा कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारु, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्ट, सुर्खेतका स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्