OnlinePana

आज : २०८३ साउन ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १४, २०७८सुर्खेत
१०३८ पटक

१४ पुस २०७८, बुधबार

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदको स्थापना दिवसको अवसरमा आज जिल्ला खेलकुद विकास समिति सुर्खेतको खेल मैदानमा पत्रकार र खेलकुद विकास परिषदका पदाधिकारी तथा कर्मचारीबीच भएको मैत्रीपूर्ण भलिबल खेल प्रतियोगिता भएको थियो । उक्त खेलमा सोझो दुवै सेट आफ्नो हातमा लिएर पत्रकारको टोली विजयी भएको छ ।

खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक हुँदा खेलकुद पदाधिकारीसँग २४–२२ ले पछाडि परेको पत्रकार टोलीले प्रतिद्वन्द्वी टोलीलाई पछि पार्दै २६–२४ अंकले जित हात पारेको थियो । दोस्रो सेटको खेलमा शुरुबाटै खेलकुद पदाधिकारीको टोलीलाई पछि पारेको पत्रकारको टोलीले अन्त्यमा २५–१२ अंक बढी ल्याएर जितेको थियो ।

उक्त खेलमा पत्रकार टोलीको नेतृत्व केशव ढकालको थियो भने खेलकुद पदाधिकारीको नेतृत्व कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले गर्नुभएको थियो । विजेता खेलाडीहरुलाई परिषद् स्थापना दिवसको अवसरमा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

 

प्रतिकृया दिनुहोस्