OnlinePana

आज : २०८३ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष १४, २०७८
११९० पटक

१४ पुस २०७८, बुधबार

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित वीरेन्द्र चोकमा स्वर्गीय राजा वीरेन्द्रविक्रम शाहको सालिक राखिएको छ । राजतन्त्र विरुद्ध भएको विसं२०६२÷०६३ को जनआन्दोलनको क्रममा उक्त सालिक हटाइएको थियो ।

स्वर्गीय राजा वीरेन्द्रको ७७औं जन्मजयन्तीको अवसर पारेर स्वतन्त्र सुर्खेतवासी जनताले आज उक्त सालिक ठड्याएका हुन् । लामो समयदेखि सालिक राख्ने वा नराख्ने भन्ने विषयमा विवाद हुँदै आएको थियो । राजावादी पक्षधरले राख्नुपर्ने र गणतन्त्रवादी पक्षले राख्न नहुने अडान राखेका कारण सालिक स्थापना भएको थिएन ।

उक्त स्वतन्त्र समुहको नेतृत्व गोरक्ष पिठाधिस योगी बलभद्रले गर्दै उहाँकै अगुवाइ युवाहरुको समूहले सुर्खेत वीरेन्द्रनगरको बीच बजारस्थित चोकमा सालिक स्थापना गरिएको छ । स्वतन्त्र सुर्खेतवासीको आयोजनामा एक दशकपछि सालिक स्थापना योगी बलभद्रले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्