OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १२, २०७८काठमाडौं
६१० पटक

 

१२ पुस २०७८, सोमबार

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा.नन्दबहादुर सिंहले सांसद नभई विषय विशेषज्ञहरुलाई मन्त्री बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा आव आयोजित पत्रकार सम्मेलनमार्फत नेपालका ११ वटा विश्वविद्यालय मध्य मध्यपश्चिम विद्यालयमा लेखा र वित्तमा विद्यावारिधी गरेको अब्बल व्यक्तिलाई रजिष्ट्रार नियुक्ति गरेको बताउँदै उपकुलपति प्राडा.सिहले भन्नुभयो, “नेपालमा दुर्भाग्य छ, ठेकेदार हुने विज्ञानमन्त्री बन्ने, कानून पढ्ने उद्योगमन्त्री बन्ने संस्कार आज पनि छ । अब नेपालको पार्टी र सरकारले सांसदहरुलाई मन्त्री हुने कुराबाट बन्द गर्नुपर्यो ।”

नेपालका पार्टी र प्रधानमन्त्रीलाई आग्रह गर्दै उपकुलपति प्राडा.सिंहले भन्नुभयो, “मान्नुहुन्छ भने कुनैपनि सांसदलाई मन्त्री हुने बाटो बन्द गर्नुहोस् । त्यो परम्पारलाई अन्त्य गर्नुहोस् । अब विज्ञानको विज्ञ विज्ञानमन्त्री, शिक्षाको विज्ञ शिक्षामन्त्री उद्योग क्षेत्रको विज्ञ उद्योगमन्त्री र शहरी विकासको विज्ञ सहरी विकासमन्त्री बनाउने संस्कारको विकास गर्नुहोस् ।”

उहाँले प्रधानमन्त्रीलाई उत्कृष्ट र विज्ञ व्यक्तिहरुलाई मन्त्री बनाउन पनि अपिल गर्नुभयो । विज्ञ जनशक्तिले मात्र देश बनाउन सक्ने उहाँको जिकिर थियो । पत्रकार सम्मेलनमार्फत उहाँले विश्वविद्यालयबाट १५ श्रेणीका आवार्ड तथा कदर एवं प्रशंसापत्र घोषणा गरिएको बारे बताउनुभयो । सो अवसरमा उपकुलपति सिंहले विश्वविद्यालयको एघारौं सभामा भएका गतिविधि र खर्चको पनि स्पष्ट जानकारी दिनुभएको थियो ।

उहाँका अनुसार रु.११ लाख ५५ हजार ७७५ एघारौं सभामा खर्च भएको थियो । उक्त सभामा आफूले प्रस्तुत गरेको मध्यपश्चिम विश्वविद्यालयको वर्तमान अवस्था र भावी योजना, लक्ष्य र उद्देश्यसहितको कार्यपत्रले प्रधानमन्त्री र शिक्षामन्त्री खुशी हुनुभएको उहाँको भनाई थियो । कोभिड–१९ को समयमा प्रधानमन्त्री राहत कोषमा रु.२८ लाख ५२ हजार २०० जम्मा गरिएको छ ।

चालु आव.लाई शैक्षिक उत्कृष्टता र पूर्वाधार विकासको वर्षका रुपमा मनाउने भन्दै उहाँले इतिहासमा नेपालमा पहिलो पटक मध्यपश्चिम विश्वविद्यालयले इम्प्याक्ट फ्याक्टरमा आर्टिकल लेखेवापत रु.१० हजार र त्यसपछिको क्रममा रु.पाँचपाँच हजार दिने योजना बनाएको उहाँले बताउनुभयो ।

उहाँले विश्वविद्यालयको भ्रष्टाचार निवारणमा योगदान पुर्याउने, अध्ययन, अनुसन्धान तथा अन्वेषणमा सहयोग गर्ने, विभिन्न अनुसन्धानमूलक आर्टिकल प्रकाशन गर्ने पदाधिकारी, कार्यकारी, प्राध्यापकहरु, प्रशासक तथा लेखाका कर्मचारीसहित सहयोगीलाई पनि चान्सलर, भाइस चान्सलरदेखि एमयु सिन्सियरिटी आवार्ड तथा सम्मान गरिने बताउनुभयो ।

उत्कृष्ट कार्य गर्ने मध्यपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसका साथै विश्वविद्यालय विकास र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति वा संस्थालाई पनि विभिन्न आवार्डबाट कदर गरिने उहाँको भनाई थियो । विद्यार्थीको अनुसन्धानप्रतिको चाहाना बढाउनलाई पनि पुरस्कृत गर्ने र विश्वविद्यालयले केही समयपछि पेपरलेस विश्वविद्यालय बनाउने लक्ष्य राखेको छ ।

त्यस्तै, भाइस चान्सलर आवार्ड फर द एकाडेमिक कन्टिब्युसन, एकाडेमिक इनोभेसन आवार्ड, बेष्ट परफर्मेन्स आवार्ड, प्रोफेसर आवार्ड, लेटर अफ रेकग्निसन, बेष्ट परफर्मेन्स एडनिस्टे«सन आवार्ड । बेष्ट परफर्मिङ अकाउन्टेन्ट आवार्ड, पञ्चुवालिटी र एमयु सेन्सियरिटी अवार्ड, एमयु लेटर अप्रिसियसन एण्ड सोभिनियर आवार्डब दिने घोषणा विश्वविद्यालयले गरेको छ ।

नेपालका ११ विश्वविद्यालयमा बौद्धिक सम्पतिको अधिकार नलिएको भन्दै उपकुलपति प्राडा.सिंहले यसका लागि पनि मध्यपश्चिम विश्वविद्यालयले आफ्नो कार्य अघि बढाउने बताउनुभयो । कर्णालीमा विज्ञान र प्रकृतिबारे आर्टिकल लेख्ने जनशक्ति आवश्यकता रहेको औंल्याउनुभएका उहाँले नेपालमा एकाडेमिक क्यालेण्डर प्रकाशन गर्ने मप विश्वविद्यालयले पहिलो भएको दावी गर्नुभयो ।

विश्वविद्यालय र देश राम्रोसँग चलाउन नजानिए अपेक्षित प्रतिफल निस्कन नसक्ने उपकुपतिको भनाई थियो । उहाँका अनुसार मप विश्वविद्यालयको अब्बल नीति, संरचना र पूर्वाधार तयार गरी नोबेल पुरस्कार विजेताबाट उद्घाटन गर्ने र विश्वविद्यालयको सुदृढीकरण एवं विकासका लागि विभिन्न क्षेत्र तथा तहमा रहेर उत्कृष्ट योगदान पुर्याउनेहरुलाई उत्कृष्ट आवार्डबाट विभूषित गर्ने जनाउनुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण विश्वविद्यालयका रजिष्ट्रार प्राडा.नारायणप्रसाद पौडेलले गनुभएको थियो ।

प्रतिकृया दिनुहोस्