OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १२, २०७८सुर्खेत
५०५ पटक

१२ पुस २०७८, सोमबार

राष्ट्रिय सतर्कता केन्द्रले सुर्खेतका विभिन्न सरकारी तथा सार्वजनिक निकायमा गरिएको अनुगमनका क्रममा १४९ जना कर्मचारीहरु छड्केमा परेका छन् ।

‘भ्रष्टाचार नियन्त्रण ः हाम्रो दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार पुगेको राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरेको नेतृत्वको टोलीले छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा यहाँका कर्मचारीले कार्यालय समय पालना नगरेको र नेपाल सरकारद्वारा तोकिएको पोशाक नलगाएको पाइएको सचिव घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार सुर्खेतका विभिन्न कार्यालयमा गरिएको उक्त छड्के अनुगमनका क्रममा ११८ कर्मचारी कार्यालयमा अनुपस्थित रहेको र ३१ कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको छ । सोही क्रममा सामाजिक विकास मन्त्रालयमा २८, कृषि विकास निर्देशनालयमा आठ, ऊर्जा विकास कार्यक्रममा पाँच, मालपोत कार्यालयमा १५, भू–जलाधार व्यवस्थापन कार्यालयमा नौ, यातायात व्यवस्था कार्यालयमा ६, खानेपानी तथा सिंँचाइ कार्यालयमा पाँच, नापी तथा डिभिजन वन कार्यालयमा एक÷एक कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।

स्थानीय तहअन्तरगत वीरेन्द्रनगर नगरपालिकामा २२, गुर्भाकोट नगरपालिकामा २३ जना कर्मचारी अनुपस्थित रहेका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । “विभिन्न कार्यालयको अनुगमनको सिलसिलामा ्पोशाक नलागएका ३१ कर्मचारी र कार्यालयमा ढिलोगरी आउने र शुक्रबार छिट्टै कार्यालयबाट निस्कने कर्मचारीहरुलाई सुधार गर्न सुझाईएको छ,” प्रहरी उपरीक्षक पोखरेलले भन्नुभयो, “नागरिक बडापत्र कोठाभित्र राखेको, सेवाग्राहीले नबुझ्ने गरी बडापत्र लेखेको पनि अनुगमनमा भेटिएको छ ।”

कर्णालीको सार्वजनिक सेवा र विकास व्यवस्थापनको अवस्था बुझेर लुम्बिनी प्रदेशको बाँके नेपालगञ्ज फर्किनुभएका सचिव घिमिरेले भ्रष्टाचासचिव घिमिरेले भ्रष्टाचार नियन्त्रण सबैको साझा दायित्व भएको जनाउँदै नीजि क्षेत्र, नागरिक समाज, व्यवसायिक क्षेत्रलगायतका ठाउँमा हुने भ्रष्टाचार नियन्त्रण गर्न ऐन, नियम परिमार्जित हुनुपर्ने बहस शुरुभएको बताउनुभयो । उहाँले सबैलाई जिम्मेवार भएर काम गर्न सुझाईएको जनाउयनुभयो ।

केन्द्रद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सुशासन केन्द्रका प्रहरी नायब उपरीक्षक बुद्धिराम खनालले सुशासनमा राष्ट्रिय सतर्कता केन्द्रको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले सरकारी सार्वजनिक निकायबाट हुँदै गरेको विकास व्यवस्थापन र सेवा प्रवाहको अनुगमन तथा अध्ययन गर्ने, विभिन्न आयोजनाको प्राविधिक स्थलगत अनुगमन एवं अध्ययन तथा निरीक्षण गर्ने काम केन्द्रबाट भईरहेको जनाउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्