OnlinePana

आज : २०८१ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ८, २०७८काठमाडौं
५२० पटक

 ८ पुस २०७८, बिहीबार

नेपाली कांग्रेसको १४औं महाविधेशनको बिहीबार मतगणना सकिएसँगै केन्द्रीय कार्यसमितिका १३४ जनाको टुंगो लागेको छ । सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन् ।

विधान अनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन् ।

पदाधिकारीमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री महाधिवेशनबाट निर्वाचनबाट आएका छन् । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनीत हुनेछन् ।

केन्द्रीय सदस्यमा खुलाबाट ३५ जना, महिला नौ, भूगोलतर्फ प्रत्येक प्रदेशबाट एक महिलासहित तीन गरी सात प्रदेशबाट २१ जना, अपांगता, अल्पसंख्यक र पिछडिएको क्षेत्रबाट एक–एक जना, मधेशी नौ जना निर्वाचित भएका छन् । त्यस्तै थारु चार, मुस्लिम तीन, दलित नौ, आदिवासी जनजाति १५ र खसआर्य १३ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

मंसिर २४–२७ सम्म भएको कांग्रेस महाधिवेशनमा मंसिर २७ गते मतदान भएको थियो ।

कार्यसमितिमा देउवाको दुई तिहाइ

१३ पदाधिकारीसहित १३४ पदमध्ये संस्थापन समूहले दुई तिहाई भन्दा बढी पदमा जित हासिल गरेको छ । पदाधिकारी र केन्द्रीय सदस्य गरी देउवा समूहका १०९ उम्मेदवार विजयी भएका छन् । यो संख्या ८१ प्रतिशतभन्दा बढी हो । इतर समूहबाट २३ जना निर्वाचित भएका छन् ।

खुला केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित डा. शशांक कोइराला साझा उम्मेदवार थिए । त्यस्तै मधेशी महिलातर्फ केन्द्रीय सदस्यमा विजयी मुक्ताकुमारी यादव पनि देउवा र कोइरालाको नाम पनि देउवा र कोइराला समूहमा थियो । उनले महाधिवेशनमा सर्वाधिक मत पाएकी हुन् ।

संस्थापन इतर समूहबाट निर्वाचित २३ मध्ये २१ जना कोइराला निकट हुन् भने महामन्त्रीमा विजयी विश्वप्रकाश शर्मा सभापतिका उम्मेदवार प्रकाशमान सिंह समूहका हुन् ।

बागमतीबाट केन्द्रीय सदस्य निर्वाचित राजेन्द्र केसी (राजन) कोइराला र सिंह दुबै समूहका उम्मेदवार थिए । पदाधिकारीमा दुई उपसभापतिमध्ये एक र महामन्त्रीमा दुबै पद गुमाएको संस्थापन समूहले आठ सहमहामन्त्रीमध्ये ६ वटामा विजयी भएको थियो ।

त्यस्तै खुला ३५ केन्द्रीय सदस्यमा देउवा समूहले २५ सिटमा जित हासिल गरेको छ । महिलातर्फ नौ मध्ये ८ सिटमा संस्थापन समूह नै विजयी भएको हो ।

भूगोल (सात वटै प्रदेश) बाट एक महिलासहित तीन जना गरी २१ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा संस्थापन समूहबाट १८ जना निर्वाचित भएका छन् । कोइराला समूहबाट प्रदेश एकबाट राजीव कोइराला विजयी भए भने गण्डकीबाट कृष्णचन्द्र नेपाली केन्द्रीय सदस्यमा निर्वाचित भए । त्यस्तै बागमतीबाट निर्वाचित राजेन्द्रकुमार केसी (राजन) प्रकाशमान सिंह र कोइरालाको प्यानलमा थिए ।

मुस्लिमतर्फ एक महिलासहित तीन सिटका लागि भएको निर्वाचनमा सबै उम्मेदवारी संस्थापन समूहका विजयी भएका छन् । त्यस्तै थारुतर्फ दुई महिलासहित चार सिटमा संस्थापन समूहका उम्मेदवारहरु विजयी भएका छन् । अल्पसंख्यक, पिछडिएको क्षेत्र र अपांगताबाट पनि केन्द्रीय सदस्यमा देउवा समूहका उम्मेदवार विजयी भएका छन् ।

मधेशी खुलातर्फ पाँच सिटमध्ये संस्थापन समूहबाट चार जना विजयी भएका छन् भने मधेशी महिलामा चार सिटका लागि भएको निर्वाचनमा संस्थापन समूहले जित हासिल गरेको छ । मधेशी महिलातर्फ विजयी मुक्ताकुमारी यादव संस्थापन र कोइराला दुबै समूहको उम्मेदवारको सूचीमा परेकी थिइन् ।

आदिवासी जनजातितर्फ खुला र महिला गरी १५ पदका लागि भएको निर्वाचनमा संस्थापनइतर समूहका एक जना उम्मेदवार मात्रै विजयी भएका छन् । आदिवासी जनजातितर्फ विजयी भएका टेकप्रसाद गुरुङ कोइराला समूहबाट उम्मेदवार बनेका थिए । बाँकी १४ जना संस्थापन समूहबाट निर्वाचित भएका हुन् । त्यस्तै दलिततर्फ केन्द्रीय सदस्यमा निर्वाचित ९ मध्ये आठ जना संस्थापन समूहबाट विजयी भएका हुन् । प्रकाश रसाइली स्नेही कोइराला समूहबाट विजयी भएका हुन् ।

खस आर्यतर्फ १३ पदका लागि भएको निर्वाचनमा २ जना कोइराला समूहबाट विजयी भएका छन् । बाँकी विजयी उम्मेदवार संस्थापन समूहका हुन् । कोइराला समूहबाट खसआर्य खुलातर्फ मधु आचार्य विजयी भएका छन् भने खसआर्य महिलातर्फ प्रतिमा गौतम निर्वाचित भएकी हुन् । अनलाइनखबरबाट

हेर्नुहोस् केन्द्रीय पदाधिकारी र सदस्यको सूची

क्र संनामपदक्लस्टरसमूह
शेरबहादुर देउवासभापतिसंस्थापन समूह
पूर्णबहादुर खड्काउपसभापतिसंस्थापन समूह
धनराज गुरुङउपसभापतिकोइराला समूह
गगनकुमार थापामहामन्त्रीकोइराला समूह
विश्वप्रकाश शर्मामहामन्त्रीसिंह समूह
फरमुल्लाह मन्सुरसहमहामन्त्रीमुस्लिमसंस्थापन समूह
जीवन परियारसहमहामन्त्रीदलितकोइराला समूह
डीना उपाध्यायसहमहामन्त्रीमहिलासंस्थापन समूह
किशोरसिंह राठौरसहमहामन्त्रीखसआर्यसंस्थापन समूह
१०भीष्म आङदेम्बसहमहामन्त्रीआदिवासी जनजातिसंस्थापन समूह
११बद्री पाण्डेसहमहामन्त्रीपिछडिएको क्षेत्रकोइराला समूह
१२उमाकान्त चौधरीसहमहामन्त्रीथारुसंस्थापन समूह
१३महेन्द्र यादवसहमहामन्त्रीमधेशीसंस्थापन समूह
१४डा. शशांक कोइरालाकेन्द्रीय सदस्यखुलातटस्थ
१५एनपी साउदकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
१६बालकृष्ण खाँणकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
१७उदयशम्शेर राणाकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
१८रामहरि खतिवडाकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
१९ज्ञानेन्द्रबहादुर कार्कीकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
२०रमेश लेखककेन्द्रीय सदस्यखुलासंस्थापन समूह
२१शंकर भण्डारीकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
२२जिपछिरिङ लामाकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
२३अर्जुन नरसिंह केसीकेन्द्रीय सदस्यखुलाकोइराला समूह
२४जीतजंग बस्नेतकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
२५गोपालमान श्रेष्ठकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
२६मोहनबहादुर बस्नेतकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
२७सुनीलबहादुर थापाकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
२८नैनसिंह महरकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
२९दिलेन्द्रप्रसाद बडुकेन्द्रीय सदस्यखुलाकोइराला समूह
३०डा. रामशरण महतकेन्द्रीय सदस्यखुलाकोइराला समूह
३१बलबहादुर केसीकेन्द्रीय सदस्यखुलाकोइराला समूह
३२गोविन्द भट्टराईकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
३३कुन्दनराज काफ्लेकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
३४दीपक गिरीकेन्द्रीय सदस्यखुलाकोइराला समूह
३५सुरेन्द्रराज पाण्डेकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
३६पद्मनारायण चौधरीकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
३७राजीव ढुंगानाकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
३८गुरु बरालकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
३९सञ्जयकुमार गौतमकेन्द्रीय सदस्यखुलाकोइराला समूह
४०गोविन्दराज पोखरेलकेन्द्रीय सदस्यखुलाकोइराला समूह
४१मदनबहादुर अमात्यकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
४२अजयबाबु शिवाकोटीकेन्द्रीय सदस्यखुलाकोइराला समूह
४३गणेश लामाकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
४४दिनेश कोइरालाकेन्द्रीय सदस्यखुलाकोइराला समूह
४५उमेशजंग रायमाझीकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
४६मोहन आचार्यकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
४७गोपाल दहितकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
४८कृष्णकिशोर घिमिरेकेन्द्रीय सदस्यखुलासंस्थापन समूह
४९डिला संग्रौला (पन्त)केन्द्रीय सदस्यमहिलासंस्थापन समूह
५०पुष्पा भुसालकेन्द्रीय सदस्यमहिलासंस्थापन समूह
५१आरजु राणा देउवाकेन्द्रीय सदस्यमहिलासंस्थापन समूह
५२अम्बिका बस्नेतकेन्द्रीय सदस्यमहिलासंस्थापन समूह
५३ईश्वरी न्यौपानेकेन्द्रीय सदस्यमहिलासंस्थापन समूह
५४सरिता प्रसाईंकेन्द्रीय सदस्यमहिलाकोइराला समूह
५५रमा कोइराला पौडेलकेन्द्रीय सदस्यमहिलासंस्थापन समूह
५६सुशीला ढकाल आचार्यकेन्द्रीय सदस्यमहिलासंस्थापन समूह
५७रंगमती शाहीकेन्द्रीय सदस्यमहिलासंस्थापन समूह
५८महेन्द्रकुमारी लिम्बूकेन्द्रीय सदस्यप्रदेश एकसंस्थापन समूह
५९अमृत अर्यालकेन्द्रीय सदस्यप्रदेश एकसंस्थापन समूह
६०राजीव कोइरालाकेन्द्रीय सदस्यप्रदेश एककोइराला समूह
६१चित्रलेखा यादवकेन्द्रीय सदस्यप्रदेश दुईसंस्थापन समूह
६२आनन्द ढुंगानाकेन्द्रीय सदस्यप्रदेश दुईसंस्थापन समूह
६३रमेश रिजालकेन्द्रीय सदस्यप्रदेश दुईसंस्थापन समूह
६४उर्मिला केसी नेपालकेन्द्रीय सदस्यबागमती प्रदेशसंस्थापन समूह
६५ध्यानगोविन्द रञ्जितकेन्द्रीय सदस्यबागमती प्रदेशसंस्थापन समूह
६६राजेन्द्र केसी (राजन)केन्द्रीय सदस्यबागमती प्रदेशकोइराला र सिंह समूह
६७सरस्वती अर्याल तिवारीकेन्द्रीय सदस्यगण्डकी प्रदेशसंस्थापन समूह
६८ध्रुव वाग्लेकेन्द्रीय सदस्यगण्डकी प्रदेशसंस्थापन समूह
६९कृष्णचन्द्र नेपालीकेन्द्रीय सदस्यगण्डकी प्रदेशकोइराला समूह
७०शीला खड्काकेन्द्रीय सदस्यलुम्बिनीसंस्थापन समूह
७१देबेन्द्रराज कँडेलकेन्द्रीय सदस्यलुम्बिनीसंस्थापन समूह
७२चन्द्रबहादुर केसीकेन्द्रीय सदस्यलुम्बिनीसंस्थापन समूह
७३जानकी सिंहकेन्द्रीय सदस्यकर्णालीसंस्थापन समूह
७४राजीवविक्रम शाहकेन्द्रीय सदस्यकर्णालीसंस्थापन समूह
७५कर्णबहादुर बुढाकेन्द्रीय सदस्यकर्णालीसंस्थापन समूह
७६सुशीला मिश्र भट्टकेन्द्रीय सदस्यसुदूरपश्चिमसंस्थापन समूह
७७डा. रणबहादुर रावलकेन्द्रीय सदस्यसुदूरपश्चिमसंस्थापन समूह
७८यज्ञराज जोशीकेन्द्रीय सदस्यसुदूरपश्चिमसंस्थापन समूह
७९मदनकृष्ण श्रेष्ठकेन्द्रीय सदस्यअपांगतासंस्थापन समूह
८०प्रदीपकुमार सुनुवारकेन्द्रीय सदस्यअल्पसंख्यकसंस्थापन समूह
८१अर्जुनजंग बहादुर सिंहकेन्द्रीय सदस्यपिछडिएकोसंस्थापन समूह
८२अजय चौरसियाकेन्द्रीय सदस्यमधेशीसंस्थापन समूह
८३दिनेशकुमार यादवकेन्द्रीय सदस्यमधेशीसंस्थापन समूह
८४महेन्द्रकुमार रायकेन्द्रीय सदस्यमधेशीसंस्थापन समूह
८५विनोदकुमार चौधरीकेन्द्रीय सदस्यमधेशीसंस्थापन समूह
८६डा. चन्द्रमोहन यादवकेन्द्रीय सदस्यमधेशीकोइराला समूह
८७नागिना यादवकेन्द्रीय सदस्यमधेशी महिलासंस्थापन समूह
८८मञ्जुकुमारी यादवकेन्द्रीय सदस्यमधेशी महिलासंस्थापन समूह
८९मीनाक्षी झाकेन्द्रीय सदस्यमधेशी महिलासंस्थापन समूह
९०मुक्ताकुमारी यादवकेन्द्रीय सदस्यमधेशी महिलासंस्थापन समूह
९१अब्दुल रज्जाककेन्द्रीय सदस्यमुस्लिमसंस्थापन समूह
९२अब्दुल सतारकेन्द्रीय सदस्यमुस्लिमसंस्थापन समूह
९३जावेदा खातुन जागाकेन्द्रीय सदस्यमुस्लिम महिलासंस्थापन समूह
९४योगेन्द्र चौधरीकेन्द्रीय सदस्यथारुसंस्थापन समूह
९५रामजनम चौधरीकेन्द्रीय सदस्यथारुसंस्थापन समूह
९६कल्पना चौधरीकेन्द्रीय सदस्यथारु महिलासंस्थापन समूह
९७जीवन रानाकेन्द्रीय सदस्यथारु महिलासंस्थापन समूह
९८मानबहादुर नेपालीकेन्द्रीय सदस्यदलिततर्फसंस्थापन समूह
९९नृपबहादुर वडकेन्द्रीय सदस्यदलिततर्फसंस्थापन समूह
१००हरिशरण नेपालीकेन्द्रीय सदस्यदलिततर्फसंस्थापन समूह
१०१मैकुलाल वाल्मीकीकेन्द्रीय सदस्यदलिततर्फसंस्थापन समूह
१०२प्रकाश रसाइली स्नेहीकेन्द्रीय सदस्यदलिततर्फकोइराला समूह
१०३लक्ष्मी परियारकेन्द्रीय सदस्यदलिततर्फसंस्थापन समूह
१०४सुजाता परियारकेन्द्रीय सदस्यदलिततर्फसंस्थापन समूह
१०५शान्ति परियार विककेन्द्रीय सदस्यदलिततर्फसंस्थापन समूह
१०६रुपा विश्वकर्माकेन्द्रीय सदस्यदलिततर्फसंस्थापन समूह
१०७सीता गुरुङकेन्द्रीय सदस्यआदिवासी जनजाति महिलासंस्थापन समूह
१०८अञ्जनी श्रेष्ठकेन्द्रीय सदस्यआदिवासी जनजाति महिलासंस्थापन समूह
१०९सरस्वती वजिमयकेन्द्रीय सदस्यआदिवासी जनजाति महिलासंस्थापन समूह
११०गंगालक्ष्मी अवालकेन्द्रीय सदस्यआदिवासी जनजाति महिलासंस्थापन समूह
१११माया राईकेन्द्रीय सदस्यआदिवासी जनजाति महिलासंस्थापन समूह
११२सीता कुमारी रानाकेन्द्रीय सदस्यआदिवासी जनजाति महिलासंस्थापन समूह
११३सुशीला थिङकेन्द्रीय सदस्यआदिवासी जनजाति महिलासंस्थापन समूह
११४चीनकाजी श्रेष्ठकेन्द्रीय सदस्यआदिवासी जनजातिसंस्थापन समूह
११५उमेश श्रेष्ठकेन्द्रीय सदस्यआदिवासी जनजातिसंस्थापन समूह
११६बहादुर सिंह लामाकेन्द्रीय सदस्यआदिवासी जनजातिसंस्थापन समूह
११७टेकबहादुर गुरुङकेन्द्रीय सदस्यआदिवासी जनजातिसंस्थापन समूह
११८दिलमान पाख्रिनकेन्द्रीय सदस्यआदिवासी जनजातिसंस्थापन समूह
११९तारामान गुरुङकेन्द्रीय सदस्यआदिवासी जनजातिसंस्थापन समूह
१२०आङगेलु शेर्पाकेन्द्रीय सदस्यआदिवासी जनजातिसंस्थापन समूह
१२१टेकप्रसाद गुरुङकेन्द्रीय सदस्यआदिवासी जनजातिकोइराला समूह
१२२केशवकुमार बुढाथोकीकेन्द्रीय सदस्यखसआर्यसंस्थापन समूह
१२३गोविन्दबहादुर शाहकेन्द्रीय सदस्यखसआर्यसंस्थापन समूह
१२४भीम पराजुलीकेन्द्रीय सदस्यखसआर्यसंस्थापन समूह
१२५मधु आचार्यकेन्द्रीय सदस्यखसआर्यकोइराला समूह
१२६श्यामकुमार घिमिरेकेन्द्रीय सदस्यखसआर्यसंस्थापन समूह
१२७नारायणबहादुर कार्कीकेन्द्रीय सदस्यखसआर्यसंस्थापन समूह
१२८गेहेन्द्र गिरीकेन्द्रीय सदस्यखसआर्यसंस्थापन समूह
१२९मञ्जु खाणकेन्द्रीय सदस्यखसआर्य महिलासंस्थापन समूह
१३०प्रतिमा गौतमकेन्द्रीय सदस्यखसआर्य महिलाकोइराला समूह
१३१नानु बास्तोलाकेन्द्रीय सदस्यखसआर्य महिलासंस्थापन समूह
१३२कान्तिका सेजुवालकेन्द्रीय सदस्यखसआर्य महिलासंस्थापन समूह
१३३चम्पादेवी खड्काकेन्द्रीय सदस्यखसआर्य महिलासंस्थापन समूह
१३४विद्यादेवी तिमिल्सिनाकेन्द्रीय सदस्यखसआर्य महिलासंस्थापन समूह
प्रतिकृया दिनुहोस्