OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
हिमाल शर्मापौष ८, २०७८सल्यानमा
२९५ पटक

८ पुस २०७८, बिहीबार

सल्यानमा छिमेकीको बिबाहभोज खान गएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । दार्मा गाउपालिका २ सल्यान पाजाखोलाका ७० वर्षीय टेकबहादुर खत्री मृत खवास्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गत मंसिर २० गते दार्मा गाउपालिका २ पाजाखोलामा छिमेकीको विवाहभोज खाना गएका खत्री विवाह भइरहेको घर नजिकैको गोठमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृतकका आफ्न्तले सो घटनामा वडाध्यक्ष समेत संलग्न भएको भनि जिल्ला प्रहरी कार्यालयमा सल्यानमा किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्याय सल्यानले वडाध्यक्ष डिल्लीबहादुर के.सीसहित अन्य ३ जनालाइ पनि पक्राउ गरी अनुसन्धान गर्न थालिएको छ । पक्राउ पर्नेमा सोही वडाका ३६ वर्षीय रामबहादुर के.सी,४ ७ वर्षीय कुलबहादुर खत्री र २८ वर्षीय लक्ष्मण के.सी रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय थारमारेमा राखी अनुसन्धान थालीएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता श्यामप्रकाश यादवले जानकारी दिनुभयो । पक्राउ परेका तीनजनाले वडाध्यक्षको नाम लिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरी हिरासतमा राखिएको प्रहरी प्रवक्ता यादवले बताउनुभयो ।

मृतकका आफन्तले हत्या गरेको भन्दै किटानी जाहेरीपश्चात् प्रहरीले तीन जनालाइ मंसिर २७ गते पक्राउ गरेको थियो भने वडाध्यक्षलाई पुस ५ गते पक्राउ गरेको हो । मृतक खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलबाट लडेर मृत्यु भएको आफन्तले बताउँदै आएका छन् । प्रहरीले वडाध्यक्षले चलाउँदै आएको लु ७१ प ३९२७ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

चार जनाको अदालतबाट म्याद थपी अनुसन्धान अघि बढाईरहेको प्रहरीले जनाएको छ । अनुसन्धानकै क्रममा भएकाले हत्या वा मृत्यु भनेर भन्न नसकिने प्रहरीको भनाई छ ।

 

प्रतिकृया दिनुहोस्