OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ७, २०७८सुर्खेत
७४३ पटक

७ पुस २०७८, बुधबार

हुम्लाको सर्केगार्ड गाउँपालिका(१ का चन्द्रे कामी फेला परेका छन् । उनी सम्पर्कविहीन भएको एक हप्तापछि सकुशल फेला परेका हुन्। चन्द्रेले कथित उपल्लो मल्ल जातकी सोरु गाउँपालिका ५लिप्रु गाउँ मुगुकी सुन्तली मल्लसँग भागी बिबाह गरेका थिए ।

अन्तरजातीय विवाह गरेकी सुन्तली मल्लका माइती पक्षले गतमंसिर २९ गते राति १२ बजेतिर सुन्तलीलाई घरबाट लैजाने क्रममा बेपत्ता भएका चन्द्रे हालसम्म सम्पर्कमा आएका थिएनन् ।

चन्द्रेको परिवारले युवतीको माइती पक्षले उनलाई बेपत्ता पारेको आरोप लगाएका थिए । तर, चन्द्रे पुस ७ गते बुधबार बिहान हुम्लाकै खार्पुनाथ गाउँपलिका(५ मा पर्ने एक बजारमा प्रहरीले हिड्दै गरेको अवस्थामा भेटाएको थियो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख हेरम्ब शर्माका अनुसार मुगु र हुम्लाका विभिन्न प्रहरी चौकीबाट खटिएका करिब ४० जनाको प्रहरी टोलीले पुस ३ गते रातिदेखि उनको खोजी थालेको थियो । चारदिन लगातार खोज्दै जाँदा चन्द्रेलाई बुधबार बिहान खार्पुनाथ गाउँपालिका सुरक्षा बेसक्यम्पबाट खटिएको प्रहरी टोलीले खार्पुनाथको याङ्चु बजारमा हिँड्दै गरेको अवस्थामा फेला पारेको हो । चन्द्रको गाउँ सर्केगार्ड गाउँपालिका १ बाट त्यहाँ पुग्न पैदल करिब दुई दिन लाग्छ ।

फेला पारेलगत्तै प्रहरीले यसअघि प्रहरी नियन्त्रणमा रहेका सुन्तली र उनका बुबा वीरबहादुर मल्ललाई जिल्ला प्रहरी कार्यलय हुम्लाको सदरमुकाम सिमकोट पुर्‍याएको छ । चन्द्रेलाई थप अनुसन्धानका लागि बुधबार दिउँसो जिल्ला प्रहरी कार्यलय हुम्लामा पुर्‍याइएको छ ।

आज फेला परेका चन्द्रेले प्रहरीलाई सुन्तलीको माइती पक्षले कुटपिट पनि गरेको र रातभरि हिँडाएको बयान दिएका छन् । ‘घरभन्दा अलि पर पुर्‍याएपछि मलाई बाटोमै छाडेर गए, फेरि पनि कुटपिट गर्न आउछन् कि भन्ने लाग्यो अनि मार्छन् भन्ने डरले भागेँ’ उनको बयानलाई उद्रित गर्दै हुम्ला प्रहरीले जानकारी दिएको छ ।

त्यसपछि बालविवाह गरेको भनी सुन्तलीको माइतीपक्षले मुद्दा हाल्न सक्ने कुरा सुनेपछि घरतिर नआई गाउँनजिकैको जंगलतिर गएको भनि उनले बयान दिएका छन् । तीन दिनसम्म भोकै जंगलमै बसेको र चार पाँच दिनपछि मात्रै स्याउ खान पाएको चन्द्रेले भनेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्