OnlinePana

आज : २०८२ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष ३, २०७८
९३४ पटक

३ पुस २०७८, शनिबार

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले गीत संगीत समाजको ऐना भएको बताउनुभएको छ ।

स्वास्थ्य र समृद्धिका लागि सप्तरंग भन्ने नाराका साथ शनिबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सप्तरंग सात प्रदेशमा हामी’को तेस्रो संस्करण कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री शाहीले गीत संगीतका माध्यमबाट समाजमा भएका विकृति विसंगति उन्मूलनमा सहयोग पुग्ने बताउनुभयो । “सप्तरंग कार्यक्रमले कर्णालीको सानसँगै आन्तरिक पर्यटनलाई समेत प्रवद्र्धन गरेको छ,” उहाँले भन्नुभयो, “यसले मानव स्वास्थ्यमा सहयोग पुग्ने गरी भरपुर मनोरञ्जन पनि दिलाएको छ ।”

मन्त्री शाहीले बुहसाँस्कृतिक, बहुजातीय, बहुभाषिक, बहुधार्मिकलगायतका विविधिताभित्र गीत संगीतले एकताको सन्देश दिएको जनाउनुभयो । राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका गायक गायिकाहरुले अब समाजका साथै सिंगो मुलुक बदल्ने आवाजहरु बुलन्द गर्नुपर्ने उहाँको भनाई थियो ।

कर्णाली प्रदेशमा सम्पन्न भएको सप्तरंग तेस्रो संस्करणमा आधुनिक गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका मिलन नेवार, अस्मिता अधिकारी, लोक दोहोरी गायक बद्री पंगेनी र पप गायक अनिल सिंह, नृत्यकार उषा उप्रेतीलगायतका कलाकारहरुले गीत संगीतबाट यथेष्ट मनोरञ्जन दिएका थिए ।

 

प्रतिकृया दिनुहोस्