OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २९, २०७८काठमाडौं
५१७ पटक

२९ मंसिर २०७८, बुधबार

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ। हिजो (मंगलबार) भएको दोस्रो चरणको मतदानमा डा.शेखर कोइरालालाई ८७८ मतको अन्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् ।

दोस्रो चरणको मतदानमा चार हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात दुई हजार ३११ मत आवश्यक हुन्थ्यो। पुनः भएको मतदानमा देउवाले दुई हजार ७३३ मत प्राप्त गर्नुहुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी डा.कोइरालाले एक हजार ८५५ मत प्राप्त गर्नुभयो । ३५ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ ।

सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले प्राप्त गरेपनि बहुमत नपुग्दा पुनः मतदान गर्नु परेको थियो ।
मतदानको क्रममा कुल चार हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । यद्यपि सभापति चुनिन दुई हजार ३४० मत आवश्यक हुन्थ्यो ।

पहिलो चरणमा देउवाले दुई २५८, डा.कोईरालाले एक हजार ७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए। देउवासहित कुनै पनि उम्मेदवारको बहमुत नआएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो ।

तीनै उम्मेदवारको साथले विजय सुनिश्चित

विसं.२०७२ मा भएको कांग्रेसको १३औं महाधिवेशनमा पनि देउवाले पहिलो चरणमा बहुमत ल्याउन नसकेर दोस्रो चरणमा सभापति जित्नुभएको थियो। उहाँले रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग प्रतिस्पर्धा गर्दा आठ मत नपुगेपछि दोस्रो चरणमा सिटौलाको साथ लिएर पौडेललाई परास्त गर्दै कांग्रेसको सभापति चुनिनुभएको थियो।

यस पटकको दोस्रो चरणको मतदानमा आफ्नै प्रत्यास प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको साथ लिएर देउवा सभापतिमा विजय हुनुभएको हो । अन्य पदाधिकारीको मतगणना गर्ने तयारी भईरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्