OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २७, २०७८सुर्खेत
५६० पटक

२७ मंसिर २०७८, सोमबार

कर्णाली प्रदेशका शिक्षक नेताहरुले जनवर्गीय संगठनका प्रमुखहरुलाई पार्टी कमिटिमा समेट्न अनुरोध गरेका छन् । शिक्षक नेताहरुले नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रथम सम्मेलनको बन्द सत्रमा कर्णाली प्रदेश इञ्चार्ज शक्तिबहादुर बस्नेतसहितको पार्टी नेतृत्वको टोलीलाई माग पत्रसहित अनुरोध गरेका हुन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन (अन्टाओ) केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रेदशका इञ्चार्ज शान्ति ढकाल, केन्द्रीय सचिव तथा कर्णाली प्रदेश अध्यक्ष रेश्मीलाल चपाई र केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश उपाध्यक्ष सुशिला शर्मासहितको संयुक्त टोलीले जनवर्गीय संगठनका गाउपालिका र प्रदेश र केन्द्रका अध्यक्ष र इन्चार्जहरुलाई गाउपालिका, प्रदेश र केन्द्रको पाटी कमिटीमा लैजाने व्यवस्था गर्नुपर्ने एकल माग पेश गर्नुभएको हो ।

शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, महिला, विद्यार्थी, किसान, दलित, आदिवासी÷जनजातिलगायतका जनवर्गीय संगठनमा भएका आवश्यकता, समस्या, चुनौति र उपलब्धिहरुका विषयमा पार्टी कमिटिलाई जानकारी हुने र त्यसले सिंगो पार्टी संगठनलाई चलायमान बनाउन सघाउ पुर्याउने भएकोले प्रदेश पार्टी नेतृत्वसहित केन्द्रसँग माग गरेको शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रेदश इञ्चार्ज ढकाल जानकारी दिनुभयो ।

संगठनका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश अध्यक्ष चपाईले स्थानीय तहसम्म रहेर जनवर्गीय संगठनसहित जनताको आवश्यकता र समस्यालाई पार्टी तहमा पुर्याउन जनवर्गीय संगठनले पुलको काम गर्ने र त्यसले पार्टी बलियो बनाउन र निरन्तरको सम्बन्ध कायम राख्न सहयोग पुग्ने बताउनुभयो । शिक्षक नेताहरुले राखेका मागलाई पार्टी तहबाट सकरात्मक ढंगले अगाडि बढाउने जनाईएको छ ।

प्रतिकृया दिनुहोस्