OnlinePana

आज : २०८१ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १२, २०७८सुर्खेत
३८६ पटक

११ मंसिर २०७८ आईतबार

आज राति २ः०० बजेतिर जाजरकोटमा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । नेपालगञ्जदेखि जाजरकोटको कालिमाटितर्फ जाँदैगरेको ना ६ ख २७५७ नम्बरको बस भेरीनगरपालिका १३ बराहचौरमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको छ। तेत्तीस यात्रुसवार बस शनिबार राती करिब साढे दुईबजेको समयमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा नलगाड नगरपालिका ३ करुवा जाजरकोटका शेरबहादुर परियार, आठबिसकोट ४ रुकुमपश्चिमकी चारवर्षीय विद्या शाही र राजविराज नगरपालिका १ सप्तरी ४० वर्षीय गंगाराम यादव रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा परि मृत्यु भएका तीनजनाको सनाखत भएपनि बाँकी दुईजना महिलाको सनाखत भने हुन नसकेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

बस चालक नेपालगञ्ज उप–महानगरपािलका ४ बाँकेका ४६ वर्षीय चित्रबहादुर देनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा पठाईएको र अन्य उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्