OnlinePana

आज : २०८३ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर ११, २०७८
११६५ पटक

११ मंसिर २०७८, शनिबार

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले बहुबिबाह मुद्दाका फरार प्रतिवादी एक महिलालाई पक्राउ गरेको छ ।

बराहताल गाउँपालिका १० सुर्खेतका ३० वर्षीय लक्ष्मी सारुलाई प्रदेश कार्यालयको अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा प्रदेश प्रहरीको अनुसन्धान ब्यूरोले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार बहुबिबाह मुद्दामा सुर्खेत जिल्ला अदालतको फैसला आदेशले रु.एक हजारसहित एक वर्ष छ महिना कैद सजाय सुनाए यता फरार रहेकी थिईन् । पक्राउ परेकी प्रतिवादी सारुलाई शुक्रबार नै सम्मानित सुर्खेत जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्