OnlinePana

आज : २०८३ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १०, २०७८जुम्ला
७३२ पटक

१० मंसिर २०७८, शुक्रबार

जुम्लाको तिला गाउँपालिका–९ रासाँगाउँको धारा खोलास्थित बालुवा खानीमा पुरिएर दुई किशोरीको मृत्यु भएको छ।

उक्त वडाका १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो। स्थानीयबासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा संकलनका लागि बालुवा खानी पसेका थिए।

बालुवा सोर्दै गर्दा खानी भत्किएर पुरेकाले दुवै किशोरीको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट ४० किलोमिटर टाढा रहेको छ । उक्त घटनाको खबर प्राप्त भएलगत्तै रारास्थित प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवन चौधरीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्