OnlinePana

आज : २०८३ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक ३०, २०७८
८३९ पटक

३० कार्तिक २०७८, मंगलबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज देशभर बन्दको आह्वान गरेको नेकपा विप्लव समुहका २० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

बन्दको क्रममा विप्लवका सातजना सुर्खेत र दुई महिलासहित १३ जना कार्यकर्तालाई रुकुमपश्चिमबाट पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सार्वजनिक आवाजावतको क्रममा सवारी साधन बन्द गर्दै हिडेकोले उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यस्तै, चामुण्डा विन्द्रासैनी नगरपालिका ७ दैलेख पाल्तडा बजारस्थित आज भे.१.ख ३६७६ नम्बरको मिनिट्रकमा एक्कासी आगलागी हुँदा ६० हजार बराबारको समान जलेर नष्ट भएको उहाँले बताउनुभयो । उहाँका अनुसार नेपालगञ्जदेखि आठविस नगरपालिका वडा ४ खिड्कीज्यूला दैलेख जादै गरेको उक्त मिनिट्रकमा एक्कासी अगाडिको लाइटको तार सट लागेको थियो ।
बन्द कारण लामो तथा छोटो दूरीका सवारी आवागमन, शैक्षिक संस्था, उद्योग, कलकारखान, र बजार क्षेत्र प्रभावित भएका छन् ।

प्रतिकृया दिनुहोस्